मुख्य समाचार
जापानी दूतावासद्वारा जुडो संघलाई २४० थान पोसाक हस्तान्तरण
जापानी दूतावासद्वारा जुडो संघलाई २४० थान पोसाक हस्तान्तरण

: काठमाडौंस्थित जापानी दूतावासले नेपाल जुडो संघलाई २४० थान पोसाक हस्तान्तरण गरेको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले मंगलबार संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यलाई उक्त पोसाक हस्तान्तरण गरेका हुन्।

नेपालमा जुडोको प्रवर्द्धन र खेलाडीलाई प्रशिक्षणका दौरान सहयोग पुर्‍याउने हेतुले जापानी दूतावासले उक्त पोसाक दिएको हो। अखिल जापान जुडो महासंघ र गैर नाफामुखी संस्था जुडोसले जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत खेलकुदको माध्यमबाट जापान र मित्र राष्ट्रहरूबीच आपसी समझदारी बढाउने कार्यक्रमअन्तर्गत नेपाललाई उक्त पोसाक उपलब्ध गराएको हो।

राजदूत किकुताले जुडोको दैनिक अभ्यासले खेलाडीलाई सीपमात्रै नभएर स्वस्थ्य र शिष्टाचार पनि सिकाउने बताए। जुडोले खेलाडीको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास थियो।

जुडो पोसाकले नेपाली जुडो खेलाडीहरूको उत्साहलाई बढावा दिनुका साथै संस्थागत विकासमा सकारात्मक भूमिका खेल्ने जापानी दूतावासले अपेक्षा गरेको छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन दूतावास हरदम तयार रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागी बनेकी देबु थापा सहभागी थिइन्। त्यस्तै एसियाली खेलकुद आइची-नागोया २०२६ का लागि प्रशिक्षण लिइरहेका चार जना खेलाडी कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...