मुख्य समाचार
स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु
स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु

— स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो ।

छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीको भनाइ उधृत गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले जनाए ।

घटनास्थलमै निधन भएका दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । नेपाल पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ।

ज्यान गुमाएका माइली र कान्छी दिदीबहिनी, बाबुआमा र ठूली दिदी तीन बेग्लाबेग्लै फ्ल्याटमा बस्ने गरेको स्कटल्यान्डको सोसल सेक्युरिटी विभागमा कार्यरत कर्मचारी अनल गौतमले जनाए । 'यज्ञजी आफू पनि पढ्ने र छोरीहरूको पनि सुन्दर भविष्यका लागि बेलायत आउनु भएको थियो । यस दुःखद् घटनाले आफ्ना सन्तानप्रति चिन्तित सुवेदी परिवारमा बज्रपात परेको छ', यज्ञका निकट साथी गौतमले कान्तिपुरसँग भने ।

मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी छ । स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसका क्षेत्रीय कमान्डर एन्ड्रयू राइटले भवन आगलागी भएपछि सात वटा दमकल र विशेषज्ञ टोली पठाइएको जनाएका छन् । सावधानीका रूपमा छिमेकीका घरहरु खाली गराइ केही समय सडक पनि बन्द गरिएको थियो । स्कटल्यान्ड प्रहरी प्रवक्ताले सोमबार साँझ लगभग ६ बजे प्रहरी अधिकृतहरूलाई आगलागीको खबर आएको जनाएका छन् । तत्काल आकस्मिक सेवाहरू घटनास्थल पुगे पनि दुई दिदीबहिनीलाई घटनास्थलमै मृत घोषित गरिएको जनाइएको छ । आगलागीमा उनीहरुको एउटा बिरालो पनि मरेको छ । एक बच्चालाई सावधानी अपनाउँदै अस्पताल लगिएको थियो । उनी अहिले अस्पतालबाट घर फर्किइसकेका छन् । त्यस्तै अन्य ५ जनालाई स्कटिस एम्बुलेन्स सर्भिसले उद्धार गरेको थियो ।


साँझ ६ बजेतिर सुरु भएको आगलागी स्कटिस फायर एन्ड रेस्क्यू सर्भिसले करिब तीन घण्टापछि राति ९.०२ बजेतिर नियन्त्रणमा लिएको थियो । आगलागीको कारण नखुले पनि यसलाई प्रहरीले शंकास्पद ठानेको छैन । यसबारे स्थानीय प्रहरी र फायर सर्भिस्ले अनुसन्धान गरिरहेका जनाइएको छ। एबरडिन ग्रामर स्कुल पढ्ने उनीहरूका सहपाठी र परिवारजनले दिवंगत दिदीबहिनी सुन्दर, दयालु र मायालु भएका उल्लेख गर्दै आर्थिक सहयोग संकलन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...