मुख्य समाचार
अफ्रिका कप अफ नेसन्स : आइभरीकोस्टसँग सेनेगल टाइब्रेकरमा पराजित
अफ्रिका कप अफ नेसन्स : आइभरीकोस्टसँग सेनेगल टाइब्रेकरमा पराजित

— आयोजक आइभरीकोस्टले लिग चरणमा आफ्नो खराब प्रदर्शनलाई ओझेलमा पार्दै सोमबार सेनेगेललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ । यससँगै आइभरीकोस्ट क्वाटरफाइनल पुगेको छ भने डिफेन्डिङ च्याम्पियन सेनेगलको चुनौती समाप्त भएको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो । सेनेगलले हबिब डिलोको गोलले अग्रता लिएयता फ्रान्क केसीले आइभरीकोस्टका लागि बराबरी गोल फर्काए ।

सन् २००८ यता कुनै पनि डिफेन्डिङ च्याम्पियनले अन्तिम १६ को चरण पार गर्न सकेका छैनन् । यसअघिको अर्को खेलमा केप भार्डेले मौरटानियालाई १–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्‍यो । त्यसमा रायन मेन्डिसले पेनाल्टीबाट निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...