मुख्य समाचार
दबाबमा रमाउने सिनर बने अस्ट्रेलियन ओपन टेनिसको च्याम्पियन
दबाबमा रमाउने सिनर बने अस्ट्रेलियन ओपन टेनिसको च्याम्पियन

। केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति अगाडि इटालीका चौथो वरियता प्राप्त सिनरको केही चलेन । लागिरहेको थियो, मेडभेडेभले सजिलै फाइनल जित्ने छन् । तर त्यसपछि उनी खेलमा फर्किए र तीन घण्टा ४४ मिनेट चलेको फाइनल ३-६, ३-६, ६-४, ६-४, ६-३ ले जिते ।

रड लेभर एरेनामा भएको फाइनल जितेपछि सबैभन्दा पहिले २२ वर्षीय सिनर भुईंमा ढले, त्यसपछि आफ्नो बक्समा चढेर प्रशिक्षक सिमोन भानोजी र डरेन चाहिललाई अंगालो मारे । उनले १४ एसे प्रहार गरे भने ५० विनर्स आत्मसात् गरे । यसक्रममा उनले मेडभेडेभको चारपल्ट सर्भिस तोडे । उनी अस्ट्रेलियन ओपन च्याम्पियन हुने पहिलो इटालीका खेलाडी पनि बने ।

यस्तै उनी सन् १९७६ पछि ग्रान्ड स्लाम जित्ने पहिलो इटालीका खेलाडी पनि भए । सन् १९७६ मा एड्रिनो पानाटाले अन्तिम पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बनेका थिए । सन् २००८ मा नोभाक जोकोभिचपछि उनी अस्ट्रेलियन ओपन जित्ने कान्छो खेलाडी पनि बने ।






सिनरले सेमिफाइनलमा कीर्तिमान १० पल्टका विजेता जोकोभिचलाई हराएका थिए । यसक्रममा प्रतियोगिताले नयाँ विजेता पाउने निश्चित भएको थियो ।

अभाग्यशाली मेडभेडेभ

पराजित तेस्रो वरियताका मेडभेडेभका लागि यो एक अर्को स्तब्धपूर्ण नतिजा रह्यो । सन् २०२२ को फाइनलमा पनि उनले दुई सेटको अग्रता लिएर पनि राफेल नाडालविरुद्धको खेल गुमाएका थिए ।

पूर्व यूएस ओपन रहेका २७ वर्षीय मेडभेडेभले यससँगै ग्रान्ड स्लामका पाँच फाइनल गुमाइसकेका छन् । उनी ग्रान्ड स्लामको फाइनल त पुग्छन्, तर जित्न सक्दैनन् । उनले जितेको भने त्यही सन् २०२१ को यूएस ओपन मात्रै रहेको छ ।

यसपल्टको खेलमा पनि सिनर जितका लागि पूर्ण हकदार रहेको स्विकारे । उनले भने, ‘खेलको अन्त्यसम्म उनले आफ्नो संघर्ष जारी राखे र आफ्नो मानसिक स्थितिलाई बलियो राखे । ‘मलाई विश्वास छ, म फेरि एकपल्ट ग्रान्ड स्लामको फाइनल पुग्ने छु । जितका लागि आफूले सक्दो प्रयास गर्ने छु र भाग्यमानी पनि हुनेछु,’ उनले भने । यहाँनिर उनले ‘भाग्यमानी’ शब्द प्रयोग गरेका छन् । खासमा उनी ग्रान्ड स्लामा साँच्चै अभाग्यशाली सावित भइरहेका छन् ।

यता सिनर भने स्वाभाविक रूपमा अपार खुसीमा रहे । ‘म अहिले निकै खुसी छु र आनन्द महसुस गरिरहेको छु । आजको फाइनल गज्जब रह्यो । यो मेरो लागि ठूलो अवसर पनि रह्यो । र, यो मेरो लागि ठीक मोड पनि रहृयो,’ सिनरले भने, ‘आजको जित मेरो जीवनकै सबैभन्दा अविश्मरणीय क्षण रहेको छ । म भर्खर २२ वर्षको भएँ, तर अहिलेसम्म मैले तय गरेको यात्रा सजिलो भने थिएन । मलाई लाग्छ, म दबाबमा बढी राम्रो खेल्ने गर्छु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...