मुख्य समाचार
व्यवसायीलाई अर्थमन्त्रीको सुझाव- प्रतिफल हुने व्यवसाय गर्नुस्
व्यवसायीलाई अर्थमन्त्रीको सुझाव- प्रतिफल हुने व्यवसाय गर्नुस्

: अर्थमन्त्री प्रकाशशरण महतले बाँझो रहेका खेतीयोग्य जमिनमा प्राकृतिक र अर्गानिक खेती प्रणाली सुरु गर्नुपर्ने बताएका छन्। नयाँ र मिठो खोज्दै जाँदा विभिन्न रोगव्याधीले आक्रमण गरिरहेको अहिलेको अवस्थामा प्राकृतिक र अर्गानिक खेतीतर्फ आकर्षित हुनुपर्ने उनको भनाइ छ।

नुवाकोटको विदुरमा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले नुवाकोटका अधिकांश जमिन खेतीयोग्य हुँदाहुँदै पनि बाँझो भइरहेको बताए। उनले किसानहरूले खेती गरेर आत्मनिर्भर हुनुपर्ने योजना आवश्यक रहेको बताए। नुवाकोटबाटै मध्यपहाडी सडक मार्ग, सात तले दरबार राष्ट्रिय संग्रहालय, केन्द्रीय कारगार निर्माण भइरहेका कारण पर्यटन र अर्गानिक कृषि प्रणालीलाई स्थानीय, प्रदेश र संघीय सरकारले अवलम्बन गर्नुपर्ने उनले बताए।


पर्यटन, विकास र निर्माणका गतिविधिले नुवाकोटमा स्वरोजगारी र उद्यमका विविध कार्य बढिरहेको दाबी गर्दै उनले युवा पलायनको अवस्थामा रोक्न प्राकृतिक र अर्गानिक खेती प्रणाली सुरु गरिनुपर्नेमा जोड दिए। उनले गलछी-विदुर-रसुवागढी सडकमार्ग छिटोभन्दा छिटो निर्माण सक्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।


अर्थमन्त्री महतले अब घरजग्गाभन्दा पनि आयोजना धितो राखेर कर्जा दिने प्रवृत्तिको विकास गर्नुपर्नेमा जोड दिए। डा. महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताए। उनले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए। समग्ररूपमा हालः बैंकिङ लगानी उचित ठाउँमा नभए पाइएको डा. महतले आरोप लगाए।
उनले सेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भएको र त्यो बेला ऋण लिएका ऋणीहरू अहिले समस्यामा परेको बताए। ‘व्याजदर बढ्यो, तर प्रतिफल आएन,' उनले भने, ''क' वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्छ। बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या आएको छ। कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन।’

उनले देशको अर्थतन्त्र सुधार भएको दाबी गरे। देशको अर्थतन्त्र सुधार भएका कारण सोहीअनुसार लगानी गर्नुपर्ने उनको भनाइ छ। उनले प्रतिफल आउने क्षेत्रमाा लगानी गर्न लगानीकर्तालाई सुझावसमेत दिए। लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र आम्दानी सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ।

उनले लगानीका लागि सरकारले विश्वासको वातावरण बनाएकोसमेत बताए। 'अब केही दिनमै अर्थतन्त्रमा धेरै नै सुधार हुन्छ। देशको आर्थिक गतिविधि पहिलेको तुलनामा बढेको छ। लगानीकर्ताले पनि निर्धक्क लगानी गर्दा हुन्छ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...