मुख्य समाचार
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

— अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ ।

फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

यस मुद्दामा सुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए भने पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर नै थिए ।

क्यारोलले भनेका छन्, 'यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।'

न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो । 'के तपाईंले ध्यान दिनुभयो, यो मेरो लागि प्रष्ट छ,' न्यायाधीश लुइस कपलानले फैसला सुनाउँदै भनेका थिए ।


ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ ।

युनिभर्सिटी अफ रिचमन्ड स्कुल अफ लका प्राध्यापक कार्ल टोबियासले फैसलाबारे टिप्पणी गर्दै भने, 'म यो पुरस्कारबाट आश्चर्यचकित भएको छैन किनभने सुनुवाईका क्रममा उहाँको गम्भीर दुव्र्यवहारले न्यायाधीशलाई विमुख बनाएको हुनसक्छ ।'

टोबियासले भने, 'ट्रम्प अपीलमा विजयी हुने सम्भावना छैन, किनकि न्यायाधीशहरूले कपलानलाई ठूलो सम्मान गर्छन्, उहाँ धेरै अनुभवी संघीय न्यायविद् हुनुहुन्छ ।'

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...