मुख्य समाचार
जाउलाखेल आहा! रारा गोल्डकपको क्वाटरफाइनलमा
जाउलाखेल आहा! रारा गोल्डकपको क्वाटरफाइनलमा

: जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा जाउलाखेल प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।

खेलको पहिलो मध्यान्तरको ३८औँ मिनेटमा निर्णायक गोल गर्दै जावलाखेलका हिसुब थपलियाले टोलीलाई जित दिलाएका हुन्। ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले १० हजार रुपैयाँ पुरस्कारसमेत पाए। अब जाउलाखेलले आगामी १५ गते हुने क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

यसअघिका प्रि–क्वाटरफाइनल खेलमा जित हासिल गर्दै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ। सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भूटानको पारो एफसी, साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ। प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई ५०/५० हजार प्रदान गरिने जनाइएको छ। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...