मुख्य समाचार
रुसी विमान युक्रेनको सीमा नजिक खस्यो, ७४ जनाको मृत्यु
रुसी विमान युक्रेनको सीमा नजिक खस्यो, ७४ जनाको मृत्यु

। चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए ।

उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’ भनेको छ । मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो ।

यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दावी फिर्ता लिइएको थियो ।

बन्दीहरूको आदानप्रदानका लागि जिम्मेवार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...