मुख्य समाचार
गाजामा एकै दिन २४ इजरायली सैनिक मारिए
गाजामा एकै दिन २४ इजरायली सैनिक मारिए

— द्वन्द्वग्रस्त गाजामा सोमबार एकैदिन २४ जना इजरायली सैनिक मारिएका छन् । इजरायली सेनाका अनुसार मारिनेमध्ये २१ जना जगेडा सैनिक हुन् । उनीहरू एक धराप विस्फोटमा परी मारिएका जनाइएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का अनुसार उक्त विस्फोटक पदार्थ दुईवटा भवन ध्वस्त पार्नका लागि राखिएको थियो ।

प्यालेष्टिनी लडाकुहरूले केहीअघि ती फौजको सुरक्षाका लागि खटिइरहेका सैन्य ट्यांकमा प्रहार गरेको बताइएको थियो । घटनाबारे अनुसन्धान गरिरहेको आईडीएफले जनाएको छ । आईडीएफका मुख्य प्रवक्ता डानियल हगारीका अनुसार ती जगेडा सैनिकहरू इजरायलको दक्षिणी क्षेत्रका बासिन्दालाई सुरक्षित रूपमा घर फर्काउन अवस्था सिर्जना गर्ने कारबाहीमा संलग्न थिए ।

हमासको आक्रमणपछि ती क्षेत्रबाट दशौं हजार मानिसलाई स्थानान्तरण गरिसकिएको छ । त्यस्तै, सोमवार नै दक्षिण गाजामा भएको बेग्लै आक्रमणमा तीनजना सैनिक मारिएका इजरायली सेनाले जनाएको छ । गाजामा हमासले संचालन गरेको स्वास्थ्य मन्त्रालयले सोमबार उक्त क्षेत्रमा एक सय ९५ प्यालिस्टिनी मारिएका जनाएको छ ।

त्यस्तै, गाजाको दक्षिणी सहर खान यूनिसमा रहेका तीनवटा अस्पतालनजिक पनि भीषण लडाईं भइरहेको छ । त्यहा विस्थापित मानिसहरूको निकै ठूलो भिड रहेको बीबीसीले जनाएको छ । खान यूनिसलाई आईडीएफले पूर्ण रूपमा घेरेको जनाइएको छ । उक्त स्थानमा हमास समूहका बरिष्ठ नेताहरू लुकेर बसिरहेका र केही इजरायलीलाई बन्धक बनाइएको इजरायलको दाबी छ ।

अक्टोबर ७ मा हमासले इजरायलविरुद्ध अप्रत्यासित आक्रमण गरेयता गाजा क्षेत्रको अवस्था तनावपूर्ण छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘पूर्ण जित’ हासिल नगरेसम्म लडाईं जारी रहने बताएका छन् ।

अक्टुबरको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार तीन सय जनाएको ज्यान गएको थियो । त्यसका साथै, हमासले २ सय ५० जनालाई बन्धक बनाएर लगेका थिए । त्यसयता ५ सय ५२ जना इजरायली सैनिक मारिएका जनाइएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण कम्तीमा २५ हजार ४ सय ९० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...