मुख्य समाचार
इजरायली आक्रमणमा सिरियामा इरानी रेभुलुसनरी गार्डका चार वरिष्ठ अधिकारी मारिए
इजरायली आक्रमणमा सिरियामा इरानी रेभुलुसनरी गार्डका चार वरिष्ठ अधिकारी मारिए

— इजरायलले सिरियामा गरेको आक्रमणमा इरानको सरकारी फौजका चार वरिष्ठ अधिकारी मारिएका छन् ।

इरानी रेभुलुसनरी गार्डले आक्रमणमा इजरायलको हात रहेको जनाउँदै आफ्ना चारजना सैन्य सल्लाहकार मारिएका जनाएको छ । त्यस्तै, केही सिरियाली फौजका सदस्यहरूको समेत ज्यान गएको बीबीसीले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले इरानसमर्थित नेताहरूको बैठक भइरहेका बेला इजरायलले चारतले भवनलाई निशाना बनाएर आक्रमण गरेको हो । आक्रमणमा सम्पूर्ण भवन ध्वस्त भएको जनाइएको छ । उक्त भवन रहेको मजेह क्षेत्र सिरियाको राजधानी दमास्कसको दक्षिण–पश्चिममा पर्छ । मजेह क्षेत्रमा संयुक्त राष्ट्रसँगको मुख्यालय, दूतावास र रेस्टुरेन्टहरू पनि छन् । घटनाबारे इजरायलले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

इजरायलले पछिल्ला वर्षहरूमा सिरियास्थित इरानी समर्थन प्राप्त विद्रोहीका अखडाहरूमा आक्रमण गर्दै आइरहेको छ । पछिल्लो समय गाजा क्षेत्रमा युद्ध चर्किंएसँगै इजरायलले आक्रमण थप तीव्र पारको छ ।

सन् २०११ मा गृहयुद्ध सुरू भएयता राष्ट्रपति बसर अल–असदको शासनलाई सहयोग गर्नका लागि इरानी रेभुलुसनरी फौजका बरिष्ठ अधिकारीहरू सिरियामा छन् । रेभुलुसनरी गार्ड इरानको प्रमुख सैन्य, राजनीतिक र आर्थिक फौज हो ।

गृहयुद्धका क्रममा इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको छ । त्यस्ता आक्रमण खासगरी इरान समर्थित सुरक्षा अधिकारी तथा सिरियाली सेना लक्षित छन् ।

डिसेम्बर अन्त्यमा इजरायली हवाई आक्रमणमा रिभोल्युसनरी गार्डस कर्प्सका बरिष्ठ सल्लाहकार सइद रजी मौसवीको ज्यान गएको थियो । यसअघि २०२० जनवरी ३ मा इराकको बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा कर्प्सका जर्नेल कासिम सुलेमानी मारिएका थिए । मौसवी सुलेमानीको मृत्युपछि इरानबाहिर मारिएका सबैभन्दा वरिष्ठ कमान्डर हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...