मुख्य समाचार
यू-१९ विश्वकप : दक्षिण अफ्रिका र आयरल्यान्डको विजयी सुरुवात
यू-१९ विश्वकप : दक्षिण अफ्रिका र आयरल्यान्डको विजयी सुरुवात

। आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन् ।

शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो । जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो ।

वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ खेले पनि जिताउन सकेनन् । दक्षिण अफ्रिकाको जितमा क्वेना माफकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । राइली नर्टनले ३ विकेट लिए ।

त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । मध्यक्रमका ब्याटर डेवान मारिसले ३८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । कप्तान जुआन जेम्श ४७, डेविड टिगर ४४ र लुआन ड्रे प्रिटोरियसले ४० रन बनाए । वेस्टइन्डिजका नाथन सेलीले सर्वाधिक तीन विकेट लिए । नाथन एडवार्ड र डेशावन जेम्सले २-२ विकेट लिए ।

अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । १०६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । आयरल्यान्डको जितमा रयान हन्टरले ६३ बलमा ५ चौकासहित सर्वाधिक ५०, केन हिल्टन र फिलिफुस ले रक्सले २३-२३ रन बनाए । अमेरिकाका अर्या गर्गले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४०.२ ओभरमा १०५ रनमा अल आउट भएको थियो । अमेरिकाका खुश भलालाले सर्वाधिक २२ रन बनाएका थिए । आयरल्यान्डका रुवेन विल्सन र ओलीभर रिलेले ३-३ विकेट लिए ।

आज यू-१९ विश्वकपमा बंगलादेशले भारतसँग, इंग्ल्यान्डले स्कटल्यान्ड र अफगानिस्तानले पाकिस्तानसँग खेल्नेछ । सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछन् । नेपालले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...