मुख्य समाचार
जापानलाई पराजित गर्दै इराक एसियन कपको अन्तिम १६ मा
जापानलाई पराजित गर्दै इराक एसियन कपको अन्तिम १६ मा

। अएमन हुसेनले पहिलो हाफमा गरेको दुई गोल मद्दतमा इराकले एएफसी एसियन कपमा जापानलाई २-१ ले पराजित गरेको छ ।

समूह डी मा लगातार दुई जितपछि इरान अन्तिम १६ मा समेत प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा हुसेनले पाँचौ मिनेटमै गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी टायममा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराको अग्रता दोब्बर पारे ।

जापानका लागि खेलको इन्जुरी टाइममा वाटारु एन्डोले गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

यसअघि इन्डोनेसियालाई पराजित गरेको इराक लगातार दुई खेल जित्दै ६ अंकका समूह डी को शीर्ष स्थानमा छ । इराकले अब भियतनामसँग खेल्न बाँकी छ ।

पहिलो खेलमा भियतनामलाई हराएको जापानले भने अब समूहको अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध खेल्दा आफू अनुकुल नतिजा आवश्यक पर्नेछ ।

भियतनामलाई १-० ले हराएको इन्डोनेसियाले एसियन कपमै आफ्नो पहिलो जित निकाल्दै ३ अंक जोडेको छ । जापान दोस्रो र इन्डोनेसिया तेस्रो स्थानमा छ । अंकविहीन भियतनाम पुछारमा छ ।

एसियन कपमा हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा छनोट हुनेछ भने तेस्रो हुने ६ मध्ये चार उत्कृष्ट टोली पनि अन्तिम १६ म पुग्नेछ ।

आयोजक कतार र अष्ट्रेलियाले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...