मुख्य समाचार
साउदीमा अलपत्र १८ महिला घरेलु कामदार फर्किए, ७ जना पर्खाइमा
साउदीमा अलपत्र १८ महिला घरेलु कामदार फर्किए, ७ जना पर्खाइमा

: एक वर्षमा वैशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेर अलपत्र परेका १८ जना घरेलु महिला कामदार दूतावासको सहयोगमा स्वदेश फिर्ता भएका छन् । उनीहरू भारतीय बाटो हुँदै कुवेत र युएई हुँदै साउदी अरेबिया पुगेका थिए।


साउदीस्थित नेपाली दूतावासका अनुसार नेपालमा रहेका विभिन्न एजेण्डहरूले विभिन्न प्रभोलन देखाइ उनीहरूलाई साउदीमा घरयसी काममा पुर्‍याएका थिए । हाल साउदीमा तलब, सेवा सुविधा नपाएका साथै घर मालिकसँग विभिन्न पीडादायी दु:ख पाएर अलपत्र परेका ७ जना महिला कामदार दूतावास सेल्टरमा रहेका छन्। उनीहरुलाई स्वदेश फिर्ताका लागि दूतावासले सम्बन्धित निकायसँग छलफल गरी प्रक्रिया अगाडि बढाको छ ।

सरकारले साउदीमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई जान प्रतिबन्ध गरेको छ। तैपनि,विभिन्न माध्यमबाट महिलाहरू वैदेशिक रोजगारीका लागि साउदी पुग्ने गरेका छन्। सरकारले औपचारिक रूपमा जाने महिलाको रेकर्ड राख्न थालेपछि अनौपचारिक रूपमा गएर जोखिममा परेका महिलाको संख्या बढ्दो क्रममा रहेको साउदीमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू बताउँछन।

साउदी पुगेका महिलाहरू सेवा सुविधा नपाएर अलपत्र परेको जानकारी आएको नेपाली दूतावासले जनाएको छ। एजेन्डमार्फत कतिजना महिला रोजगारीमा गए ,गएकामध्ये कतिको मृत्यु भयो,कति जेलमा छन्, कति बेपत्ता छन्,त्यसको जानकारी न सरकारसँग न त सम्बन्धित निकायसँग कुनै आँकडा छ।

साउदी आउने महिला कामदारलाई भिजिट भिषामा कुबेत र युएई पुर्‍याउने र केही समय त्यही काममा लगाइ अनौपचारिक रुपमा साउदी ल्याउने गरेको पाइएको छ। यहाँ घरमालिकले केही वर्ष काममा लगाई बिना सेवा सुविधा अलपत्र पारेका घटना तमाम छन्। अलपत्र परेपछि उनीहरु नेपाली समुदाय र दूतावासकहाँ आउने गरेको पाइएको छ।

भारतीय बाटोहुँदै प्रत्येक महिना ठूलो संख्यामा नेपाली महिला खाडी मुलुक पुग्ने गरेका छन् । घरेलु कामदारको रूपमा आउने अधिकांश महिलाले यतिखेर अवैध बाटो प्रयोग गर्ने गरेका छन् । कतिपय महिला श्रम स्वीकृति लिँदा फरक काम देखाउने र खाडी मुलुकमा पुगेपछि घरेलु कामदार बन्न थालेको पाइएको छ । साउदी अरेबिया पुग्ने र अलपत्र पर्ने अधिकांश महिला कामदार कुवेत युएई बाटो हुँदै साउदी पुगेका छन् ।

साउदी अरेबिया कसरी पुग्छन् महिला कामदार ?

विशेषरुपमा महिला कामदारलाई विभिन्न प्रोभोलन देखाइ बैदेशिक रोजगारीमा लाने गरेका खुलेको छ। तीन वर्ष अगाडि रोजगारीका लागि ५० हजार नेपाली रूपैयाँ तिरेर धनगढी र रसुवाका दुई महिला भारतहुँदै कुवेत पुगे।

दुबैलाई नेपालबाट म्यानपावर कम्पनीले कुवेतको एक सरकारी अस्पतालमा सरसफाइको काममा लगाइने दिने भनेर पठाएको थियो । तर, दुबै कुवेत पुगेपछि नेपालमा म्यानपावरसँग गरेको सम्झौताअनुसारको काम पाएनन् । नेपालबाट अस्पतालमा क्लिनर भनेर म्यानपावरले कुवेत पठायो तर,कुवेत पुगेपछि घरमा काम गर्न बाध्य भए।

कुवेत पुगेको २० दिनपछि उनीहरुलाई एजेन्टले अस्पतालको साहु भनेर अर्कै मान्छेसँग पठाइदियो। अनि उनलाई साहुले सिधै घरमा लिएर गएपछि आफू अस्पतालमा क्लिनरको रुपमा नभइ घरेलु कामदारका रुपमा एजेन्टले पठाएको पत्तो पाए।

घरमा काम गर्दै जाँदा उनीहरूलाई घर मालिकले शारीरिक शोषण गर्न थाले । अनावश्यक यातना दिन थालेपछि उनीहरूले त्यहाँबाट भाग्ने सोच बनाए। उनीहरु भन्छन्,' आफूहरुमाथिको शोषणको विरोध गर्दा पेटी फुकालेर मालिकले पिट्ने गर्थे।'

सहन नसकेपछि उनीहरूले मध्यराति घर छाडे। आफूहरुलाई काममा लगाउने एजेण्डकहाँ पुगे। पुनः एजेण्डले विभिन्न बहाना बनाएर साउदीको एक राम्रो हस्पिटलमा काम लगाउने र तलब तथा सेवा सुविधा राम्रो भनेर भिजिट भिषा लगाएर साउदी अरेबिया पठायो। तर साउदी पुगे लगत्तै पुनः घरेलु कामदारको रुपमा काम गर्नुपर्ने भयो।

हाल खाडी मुलुकलगायत साउदीमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेका छन् । तर, खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ ।

साथै वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिला झनै जोखिममा पर्ने गरेको छन् । पुरुषको तुलनामा वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या पनि कम छ। यहाँ महिलाका मुद्दा सधैं ओझेलमा पर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...