मुख्य समाचार
साउदी जेलमा रहेका कार्की २७ महिनापछि छुटे
साउदी जेलमा रहेका कार्की २७ महिनापछि छुटे

: क्षतिपूर्ति बापतको रकम तिर्न नसक्दा साउदीको जेलमा रहेका चौविसे गाउँपालिका वडा नं. ४ फलामेटारका दिनेश कार्की २७ महिना पछि रिहा भएका छन्।


साउदी सरकारले तोकेको क्षतिपूर्ति बापतको रकम तिरेसँगै कार्की जेलमुक्त भई घर फिर्ती केन्द्रमा पुगेको उनका छिमेकी स्थानीय महेन्द्र न्यौपानेले बताए।

साउदी सरकारले ५५ हजार रियाल क्षतिपूर्ति बापत जरिवाना रकम तोकेको थियो। तर, दूतावासको पहलमा साउदी सरकारले ५५ हजारबाट छुट गर्दै ३० हजार पुर्‍याएको छ।


क्षतिपूर्ति बापतको ३० हजार रियाल रकम भर्न नेपाली १० लाख ५० हजार रुपैयाँ नेपाली रकम आवश्यक परेको थियो।

देश तथा विदेशमा रहेका नेपालीहरू, विभिन्न सामाजिक संघसंस्था तथा सरकारी निकायबाट सहयोग जुटेको स्थानीय न्यौपानेले बताए। कम्ती तीन हप्तादेखि बढीमा एक महिनाभित्र दिनेश नेपाल आइपुग्ने खबर दूतावासमार्फत् आफूलाई खबर आएको उनको भनाइ छ। कार्की नेपाल आइपुगेपछि पत्रकार सम्मेलन गरि संकलन भएको आर्थिक सहयोग वारे सार्वजनिक गरिने उनले बताए।

वैदेशिक रोजगारीको सिलसिलामा उनि साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा पुगेका थिए। कम्पनीले श्रम सम्झौंता अनुसारको सेवा सुविधा नदिएपछि उनी वाहिरै अवैधरूपमा काम गर्ने सिलसिलामा सवारी साधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट पक्राउ परेका थिए। साउदीको प्रशासनले तोकेको क्षतिपूर्ति बापतको जरिवाना तिर्न नसक्दा उनी जेलमा थिए।
कार्कीको घर चौविसे गाउँपालिका वडा नं. ४ स्थित फलामेटारको तमोर किनारमा छ। उनको घरमा अहिले वुवा गणेशबहादुर कार्की र आमा दुर्गा कुमारी कार्की मात्रै वस्छन्। वुवा गणेशबहादुर शारीरिकरूपमा असक्त छन्।

कार्कीका तीन दाजु भाइमध्ये दुई वर्ष अघि जेठा दाई र १ महिनाअघि माइला दाई वैदेशिक रोजगारका लागि विदेश गएका छन्। घर सहित १५ रोपनी जग्गा छ। उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ। कार्की परिवारको तीन छोरामध्ये साउदी जेलमा रहेका दिनेश कान्छा छोरा हुन्। अन्नपुर्ण पोस्ट् दैनिक र अन्नपूर्ण अनलाइन संस्करणले कार्कीबारे लगातार समाचार प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...