मुख्य समाचार
आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा
आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

: वीरगन्जको छपकैयास्थित सूर्या अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले सोमबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। जन्मिएका तिम्ल्यहा बच्चामा दुई छोरी र एक छोरा रहेका छन्।

विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका-७ की महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचारपश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए।

महिलाले जन्माएकी तिनै जना शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए। ‘एउटा शिशु अढाई किलो र अर्का दुई जना डेढ-डेढ किलोका छन्। उनीहरूलाई हामीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,’ डा. सरोजले भने, ‘आमाको स्वास्थ्य पनि राम्रो छ। शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ।’

मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्या अस्पतालमा यसअघि पनि आइभीएफ विधिबाट उपचार गराएका दम्पतीहरूले सन्तान प्राप्ति गरिसकेका छन्। पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ वटाभन्दा पनि बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सामूहिक प्रतिबद्धता
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की