मुख्य समाचार
हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी
हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

: उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ। उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उत्तर कोरियाको भनाइ छ।


प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस–इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आइआरबिएम) को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो। आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) को संक्षिप्त रिपोर्टले ठोस–इन्धन आइबिआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ। परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस–इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्नका लागि भएको केसिएनएले बताएको छ।

केसिएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ। यद्यपि प्योङयाङले दक्षिण कोरियासँगको मुलुकको तनावपूर्ण सामुद्रिक सीमा नजिकै लाइभ–फायर अभ्यास आयोजना गरेको केही दिनपछि यो परीक्षण भएको छ। यसले जवाफी अभ्यास र केही दक्षिण कोरियाली सीमावर्ती टापूहरूलाई खाली गर्न आदेशलाई प्रेरित गरेको छ।
गत साता उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई आफ्नो ‘प्रमुख दुश्मन’ को संज्ञा दिएपछि र प्रमुख हतियार कारखानाहरूको भ्रमण गर्दा दक्षिण कोरियालाई नष्ट गर्न आफूले कुनै सङ्कोच नमान्ने चेतावनी दिएपछि यस्तो परीक्षण भएको छ।

सोलको रक्षा मन्त्रालयले प्रक्षेपणको निन्दा गर्दै उत्तर कोरियाले दक्षिणविरुद्ध ‘प्रत्यक्ष उत्तेजना’ गरेको खण्डमा ‘अत्यधिक प्रतिक्रिया’ दिने बताएको छ। उत्तर कोरियाको यो व्यवहार स्पष्टरूपमा उत्तेजित पार्ने खालको छ जसले ‘ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गर्दछ, साथै हामी कडा चेतावनी जारी गर्दछौँ र यसलाई तुरुन्त रोक्न आग्रह गर्दछौँ।’

ठोस–इन्धन क्षेप्यास्त्रहरूलाई लुकाउन सजिलो हुन्छ र यसलाई फायर गर्न छिटो हुन्छ। हाइपरसोनिक क्षेप्यास्त्रहरूले सामान्यतया प्रयोगकर्ताहरूलाई लक्ष्यमा राम्रोसँग हिट गर्नका लागि उडानमा कौशलता देखाउन अनुमति दिन्छ। दुवै प्रविधि लामो समयदेखि मिको उद्देश्यहरूको सूचीमा छन्।

‘उत्तर कोरिया एकै समयमा ठोस इन्धन रकेट बुस्टरको प्रयोग गरेर हाइपरसोनिक क्षेप्यास्त्र तथा आइआरबिएमको विकासका लागि अगाडि बढिरहेको छ’, कोरिया रिसर्च इन्स्टिच्युट फर नेसनल स्ट्राटिजीका क्षेप्यास्त्र विशेषज्ञ चाङ यङ–क्युनले भने, ‘मध्यमदेखि लामो दूरीका हाइपरसोकि क्षेप्यास्त्रहरू अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न गुआममा हमला गर्न विशेषरूपमा उपयोगी हुनेछन्।’

उत्तर कोरियाको अन्तिम क्षेप्यास्त्र परीक्षण डिसेम्बर १८ मा ह्वासोङ–१८ ठोस–इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को थियो।

केसिएनएले आफ्नो सोमबारको रिपोर्टका साथ क्षेप्यास्त्र परीक्षणको एउटा तस्बिर पनि जारी गरेको छ जसमा परीक्षणको निरीक्षण गर्न किम उपस्थित भएको उल्लेख गरिएको छैन।

अमेरिकास्थित विश्लेषक अङ्कित पाण्डाले विशेषज्ञ साइट एनके न्युजसँग तस्बिरले क्षेप्यास्त्रमा एउटा कथित म्यानुभरेबल रि–इन्ट्री वाहन (एमआरभी) पनि देखाएको बताउनुभयो। उहाँका अनुसार प्योङयाङले उन्नत सटीकता र क्षेप्यास्त्र प्रतिरक्षालाई ‘राम्रोसँग आरपार गर्ने’ क्षमतायुक्त हतियार विकसित गर्ने प्रयास गरिरहेको छ।

गत वर्ष किमले संविधानमा आणविक शक्तिका रूपमा मुलुकलाई स्थायी हैसियतमा पुर्याएपछि र उन्नत आइसिबिएमको परीक्षण गरेपछि दुवै कोरियाबिचको सम्बन्ध दशकौँमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ।

रुस र उत्तर कोरियाको सम्बन्ध

यसैबीच परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै सम्बन्धलाई बढाएका छन्। किमले सेप्टेम्बरमा रुसको सुदूरपूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न एउटा दुर्लभ विदेश भ्रमण गरेका थिए। मस्कोका रक्षा तथा विदेशमन्त्रीसहित वरिष्ठ रुसी अधिकारीहरूले पनि गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए। दुवैतर्फको भ्रमणबाट सम्भावित हतियार सम्झौताको सम्भावनामाथि किएभका सहयोगीहरूबिच चिन्ता बढेको थियो।

केसिएनएको रिपोर्टअनुसार सोमबार विदेशमन्त्री चो सोन हुईको नेतृत्वमा उत्तर कोरियाली सरकारको एक प्रतिनिधिमण्डल आधिकारिक भ्रमणका लागि मस्को पुगेको छ।

गत वर्ष प्योङयाङले एउटा जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको थियो। यसलाई दक्षिण कोरियाले युक्रेनमा मस्कोलाई युद्धका लागि हतियारको खेपको बदलामा रुसी सहयोग प्राप्त भएको दाबी गरेको थियो।

कठिन आर्थिक स्थिति भए पनि प्योङयाङले सन् २०२३ मा आफ्नो पहिलो ठोस–इन्धन आइसिबिएमयुक्त हतियारहरूको परीक्षणको रेकर्ड–ब्रेकिङ शृङ्खला आयोजना गरेको थियो। यसलाई विश्लेषकहरूले ठूलो प्राविधिक सफलता भनेका छन्। -(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...