मुख्य समाचार
आजदेखि सुरु हुँदैछ अफ्रिका कप अफ नेसन्स
आजदेखि सुरु हुँदैछ अफ्रिका कप अफ नेसन्स

। आइभरीकोस्टमा आजदेखि सुरु हुँदैछ, अफ्रिका कप अफ नेसन्स । आयोजक देशसँगै मोहमद सलाहको इजिप्ट नै उपाधिका लागि बलियो प्रत्यासी मानिएको छ ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भने साडियो मानेको सेनेगल हो । कुल २४ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल फेब्रवरी ११ मा रहेको छ । सन् १९८४ या पहिलो पटक पश्चिम अफ्रिकी देश आइभरीकोस्टमा प्रतियोगिता हुँदैछ । त्यति बेला रोजर मिल्लाको क्यामरुनले उपाधि चुमेको थियो ।

सन् २०२२ को पछिल्लो संस्करण भने क्यामरुनमा भएको थियो, त्यहाँ सेनेगल च्याम्पियन भएको थियो । बलिया टिमको सूचीमा मोरक्को र भिक्टर ओसिहनको नाइजेरिया पनि रहेका छन् । ओसिमहन अफ्रिकी वर्ष खेलाडी घोषित स्ट्राइकर हुन् । प्रतियोगिताको उद्घाटन खेल इबिम्पेको अलासाने स्टेडियममा हुनेछ र त्यसमा समूह ‘ए’ मा रहेका आइभरीकोस्ट र गिनी बसाउ खेल्नेछन् । इबिम्पे आर्थिक राजधानी एबिडजन छेउकै सहर हो ।

यो ६० हजार दर्शक क्षमको रंगशाला प्रतियोगिताकै लागि भनेर निर्माण गरिएको हो । खासमा प्रतियोगिता जुन जुलाईमा हुनु पर्ने थियो, युरोपेली फुटबलको ब्यस्त तालिकाबाट बच्ने दृष्टिकोणले । तर त्यो समयमा अत्याधिक वर्षा हुने भएको हुनाले फेरि एकपल्ट जनवरी–फेब्रवरीकै समयमा सारिएको थियो । खेलहरू राजधानी यामोसोउक्रो र बोउकेसँगै सान पेड्रो र कारहोगोमा पनि हुनेछन् । प्रतियोगिताकै लागि भनेर आइभरीकोस्ट सरकारले १.५ बिलियन डलर खर्च गरेको छ ।

सलाहको इजिप्ट बलियो

आइभरीकोस्टमा सबैले चिनेको अनुहार भनेको सबास्टिन हलेर रहेका छन् । उनी बोरुसिया डर्टमुन्डबाट खेल्छन् र आयोजक देशको भरोसा उनीमाथि अत्याधिक रहनेछ ।

सेनेगलले उपाधि रक्षा गर्ने हो भने फेरि एकपल्ट टिमको पूरा निर्भरता मानेमै हुनेछ । लिभरपुलका पूर्वखेलाडी अहिले साउदी अरेबियाको अल नासरबाट खेल्छन् । माने भन्छन्, ‘मलाई लाग्छ, यसपल्टको प्रतियोगितामा कोही एक खास बलियो टिम भने हुने छैन्, सबै उत्तिकै बराबरका छन् ।’

तर प्रतियोगिताकै सबैभन्दा बलियो टिम इजिप्त नै रहनेछ र लगभग सबैले चिनेका खेलाडी हुनेछन्, लिभरपुलका सलाह । सन् २०१७ र २०२२ को फाइनलमा लगातार पराजित इजिप्ट अफ्रिका कप अफ नेसन्सको सबैभन्दा सफल टिम पनि हो । उसले कीर्तिमान सात पल्ट उपाधि जितेको छ । तर लिभरपुलको समर्थकले भने इजिप्टको चुनौती चाँडै समाप्त भएकै राम्रो मान्नेछन्, यस्तो किनभन्दा क्लब आफैं इंग्लिस प्रिमियर लिगको उपाधि होडमा छ ।

मोरक्कोमाथि नजर

कुनै एक टिममाथि सबैको नजर रहनेछ भने त्यो मोरक्को हुनेछ, किनभने यो टिमले एक वर्ष अगाडि कतारमै भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो कुनै पनि अफ्रिकी देशका लागि विश्वकपमा अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शनको इतिहास हो । यो आफैंमा अविश्वसनीय, सनसनीपूर्ण र ऐतिहासिक रहेको छ । यस्कोमा मोरक्कोमाथि सन् १९७६ यता पहिलो पटक अफ्रिका कप अफ नेसन्स जित्ने दबाब पनि हुनेछ ।

मोरक्को टिमका सबैभन्दा ठूला स्टार हुन्, अचरफ हाकिमी । उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि राइट ब्याकका रूपमा खेल्छन् । सन् २०२३ को अफ्रिकी वर्ष खेलाडीको होडमा उनी आसिमहेनपछि दोस्रो स्थानमा आएका थिए । ओसिमहेनको प्रदर्शनले धेरै हदसम्म प्रतियोगितामा नाइजेरियाको यात्रा पनि तय गर्नेछ । तर चोटका कारण बायर लेभरकुजनका भिक्टर बोनिफेसलाई गुमाउनु नाइजेरियाका लागि ठूलै घाटा रहेको छ ।

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो