विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न एप्पल र माइक्रोसफ्टबीच प्रतिस्पर्धा
विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न एप्पल र माइक्रोसफ्टबीच प्रतिस्पर्धा

— सन् २०२१ यता पहिलोपटक बिहीबारको सेयर बजार कारोबारका क्रममा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भयो । २०२४ सुरु भएदेखि नै एप्पलको सेयर निरन्तर खस्किने क्रम जारी छ भने माइक्रोसफ्टले आफ्नो अवस्था निरन्तर सुधार गर्दै लगेको छ ।

बिहीबार केही समयका लागि माइक्रोसफ्ट पहिलो स्थानमा रहे पनि एप्पलले केही घण्टामै आफ्नो पहिलो स्थान फिर्ता लिएको थियो, त्यसपछि दिनभर नै दुई कम्पनीको एकअर्कालाई उछिन्ने क्रम चलिरह्यो । बिहीबार बजार बन्द हुँदा भने एप्पल २८ खर्ब ८९ अर्ब अमेरिकी डलर मूल्यका साथ पहिलो स्थानमा कायम छ भने माइक्रोसफ्ट २८ खर्ब ८६ अर्ब मूल्यका साथ दोस्रो स्थानमा रहेर एप्पललाई पछ्याइरहेको छ ।

विश्वको मूल्यवान कम्पनीको सूचिको तेश्रो स्थानमा ६ खर्ब २० अर्ब अमेरिकी डलरका साथ साउदी अराम्को, चौथो स्थानमा १७ खर्ब ८८ अर्ब अमेरिकी डलरको अल्फाबेट (गूगल) र पाँचौँ स्थानमा १६ खर्ब ३ अर्ब अमेरिकी डलरका साथ अमेजन रहेका छन् भने छैंटौंदेखि दसौं नम्बरसम्म क्रमश: एनभिडिया, मेटा, बर्कसायर, टेस्ला र लिली छन् । सूचीमा संलग्न भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज २ खर्ब २१ अर्ब अमेरिकी डलर मूल्यका साथ ४५औं नम्बरमा रहेको छ ।

डिसेम्बर १६, २०२३ मा ३० खर्ब १ अर्ब आसपास रहेको एप्पलको मूल्य त्यसयता ओरालो लाग्न शुरू भएको थियो, एप्पलले आफ्नो वर्ष २०२३ भर ४८ प्रतिशत बृद्दि गर्न पनि सफल भएको थियो । आफ्नो पछिल्लो सफल जेनेरेटिभ एआई उत्पादन च्याटजीपीटी सार्वजनिक गर्नुपूर्व लगभग साढे १६ खर्ब अमेरिकी डलर मूल्य रहेको माइक्रोसफ्टले त्यसयता आफ्ना उत्पादनमा निरन्तर सुधार र शेयरमा लगातार बृद्दि गर्दै आएको छ ।

वर्ष २०२३ भरमा मात्रै माइक्रोसफ्टको मूल्य झन्डै ५७ प्रतिशतले बढेको छ भने अक्टोबर २१, २०२३ यता कम्पनीको सेयर मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । आफ्ना धेरै उत्पादनमा एआई समावेश गर्ने र नयाँ प्रयोगमा सफल रहेको माइक्रोसफ्टका बारे वालस्ट्रिट अत्यन्तै सकारात्मक रहेको र चीन/रूसको बजारसमेत आफ्ना आपूर्ती संयन्त्र र उत्पादनमा नयाँपन नभएको आरोप झेल्ने गरेको एप्पलप्रतिको आकर्षण माइक्रोसफ्टको तुलनामा केही कमजोर रहेको रोयटर्सको मूल्यांकन छ ।


बिहीबार एक दिनमा मात्रै एप्पलको शेयर मूल्यमा ०.३२ प्रतिशतले कमी आएको थियो भने माइक्रोसफ्टको शेयर मूल्य ०.४९ प्रतिशतले बढेको थियो । बिहीवार वालस्ट्रिट बन्द हुनेबेला एप्पलको सेयर मूल्य १८५.५९ अमेरिकी डलर र माइक्रोसफ्टको सेयर मूल्य ३८४.६३ अमेरिकी डलर थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन् । ...
: राष्ट्रिय विपद् व्यवस्थापन परिषदले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सहरी विकास मन्त्रालयमा बसेको परिषदको बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो। परिषदको बैठकले जोखिम भएको ठाउँमा रातको समयमा ...
। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म ...
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...