मुख्य समाचार
लन्डनमा प्रदर्शनीसहित ब्रिटिस काउन्सिल नेपालको ६५औं वार्षिकोत्सव
लन्डनमा प्रदर्शनीसहित ब्रिटिस काउन्सिल नेपालको ६५औं वार्षिकोत्सव

— ब्रिटिस काउन्सिल नेपालले लन्डनमा प्रदर्शनीसहित सांस्कृतिक तथा शैक्षिक सम्वन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाएको छ । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लन्डनमा एक प्रदर्शनी आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गरेको हो ।

प्रदर्शनी लन्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, मा सर्वसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहनेछ । बेलायत-नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सवकै रुपमा आएको यो विशिष्ट अवसरले दुई मुलुकबीच सदियौंदेखि चलिआएको कूटनैतिक सम्वन्धलाई प्रष्ट पारेको काउन्सिलले जनाएको छ ।

नेपालका लागि बेलायती राजदूत रव फेनले यस अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । राजदूत रब फेनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीर स्थायी छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरी, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भनेका छन्, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्दछ, विगत झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ ।’

राजदूत आचार्यले दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउने विश्वास पनि व्यक्त गरे ।


बेलायत र नेपालबीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसउपरान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा विकास भएको छ, जसका प्रभावहरु लाखौं जनताबीच पुगेका छन् ।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुग पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्रा चर्चा गर्दै भन्छिन्,‘विगतका ६ दशकमा हामी थुप्रै व्यक्तित्व र संघसंस्थासँग मिलेर लाखौंबीच पुग्न सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ ।’

लन्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टयाएको उनको भनाइ छ ।

विगतका ६५ वर्षमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिवृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रममार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ । ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य बेलायतको सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरुका लागि अन्तर्राष्ट्रिय संस्था हो । उसले संयुक्त अधिराज्य र विश्वभरका देशमा रहेका मानिसबीच सम्पर्क, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिलाई सहयोग गर्दै आएको छ ।

‘हामी यो कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषामा हाम्रा कार्यहरूका माध्यमबाट गर्छौं । हामी दुई सयभन्दा बढी देश तथा क्षेत्रहरुमा रहेका मानिससँग काम गर्छौं र सयभन्दा बढी देशमा छौं । सन् २०२२/२३ मा हामी ६० करोड मानिससम्म पुग्न सफल भयौं’, काउन्सिलले एक विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...