मुख्य समाचार
रियल स्पेनी सुपरकपको फाइनलमा
रियल स्पेनी सुपरकपको फाइनलमा

— रियल म्याड्रिडले अतिरिक्त समयको खेलमा एटलेटिको म्याड्रिडलाई ५–३ ले पराजित गर्दै बुधबार स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा भएको खेलको निर्धारित समयको खेल ३–३ को बराबरीमा रहेको थियो ।

प्रतिस्पर्धा पेनाल्टीतर्फ अग्रसर भइरहेको बेला अतिरिक्त समयको खेलमा एटलेटिकोको स्टेफान सेभिचले आत्मघाती गोल गरे र रियल अगाडि रह्यो । त्यसपछि ब्राहिम डियाजले रियलका लागि पाँचौं गोल गरे ।

फाइनल आइतबार हुनेछ र त्यस अगाडि बिहीबारको दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुनाले खेल्दैछन् । रियल पछिल्ला २० खेलमा अपराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...