मुख्य समाचार
एन्फाको निर्णय अपूरो भन्दै एपीएफ अपिल कमिटीमा जाने
एन्फाको निर्णय अपूरो भन्दै एपीएफ अपिल कमिटीमा जाने

। विभागीय टोली एपीएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले थ्रीस्टार क्लब विरुद्ध गरेको कारबाही विरुद्ध एन्फाकै अपिल कमिटीमा उजुरी दिने भएको छ ।

एपीएफले एन्फाको अनुशासन कमिटीले थ्री स्टारले गल्ती गरेको स्वीकार गरे पनि कारबाही अपूरो भएको भन्दै यस विषयमा फेरि अपिल कमिटीमा जाने बताएको हो ।

शहीद स्मारक ए डिभिजन लिग २०७९-८० अन्तर्गत अन्तिम खेलमा थ्री स्टारले जावालखेल युथ क्लब विरुद्ध भिसा समाप्त भएका दुई विदेशी खेलाएको भन्दै एपीएफले उजुरी हालेको थियो ।

त्यसमा एन्फाको अनुशासन कमिटीको पुस १५ गते बसेको बैठकले थ्री स्टारले अवैधानिक विदेशी खेलाडीको खेलाएको भन्दै गल्ती ठहर गर्‍यो । अनुशासन कमिटीले थ्री स्टारका विदेशी खेलाडीद्वय अजयी मार्टिन्स र पिटर सेगुनले श्रम स्वीकृति भए पनि भिसा नभएको पाइएकाले कारबाही गर्ने निर्णय गरेको हो ।

अनुशासन कमिटीको उक्त निर्णय एन्फा महासचिव किरण राईले पुस १९ गते एपीएफलाई पत्र लेखेर जानकारी गराएका थिए ।

एन्फा महासचिव राईले एपीएफलाई पठाएको पत्र अनुसार अवैधानिक रुपमा खेलाइएका दुई खेलाडी पिटर सेगुन र मार्टिनलाई ५०-५० हजार तथा थ्री स्टार क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार श्रम तथा व्यावसायजन्य सुरक्षा विभाग काठमाडौं र अभ्यागमन विभाग काठमाडौंबाट एन्फालाई प्राप्त पत्रहरुका साथै एन्फाको विधान २०७७ संस्करण तथा यही विधानको अभिनमा बनेको शहीद स्मारक ए डिभिजन लिगको नियमावली २०७९ समेतमा उल्लेख भएको व्यवस्थाका आधारमा एन्फाको अनुशासन समितिले उजुरी परेका दुवै जना खेलाडीहरुले आफ्नो दायित्व पूरा नगरी खेलमा सहभागी भएकोले जनही ५० हजार जरिवाना गराउने गरी कारबाही गरिएको जानकारी गराएको छ ।

पत्रको पहिलो अनुच्छेदमा श्रम स्वीकृति भए पनि भिसा नभएको खेलाडी भनेर लेखिएको छ ।

तर अन्तिम अनुच्छेमा भने थ्री स्टारको कारबाहीको विषमा भने बिना भिसा र बिना श्रम स्वीकृति खेलाडीहरु सहभागी गराउने थ्रीस्टार क्लबले पनि आफ्नो दायित्व पूरा नगरेको पाइएकोले एन्फाको विधान २०७७ बमोजिम ३ लाख जरिवाना गराउने निर्णय भएको उल्लेख छ ।

तर एन्फाले गल्ती स्वीकार गरे पनि त्यस अनुसार कारबाही नभएकोले निर्णयप्रति सन्तुष्ट नरहेको र आफूहरु अपिल कमिटीमा जाने एपीएफ फुटबल क्लबका कोषाध्यक्ष विजय केसीले जानकारी दिए । ‘अनुशासन कमिटीले डिस्कवालिफाइड खेलाडी खेलाएको र त्यो गलत भएको स्वीकार गरिसक्यो । तर कारबाही भने अपूरो भयो । गलत गरेको प्रमाणित भइसकेपछि फिफाको नियम अनुसार नै कारबाही हुनुपर्‍यो भन्ने हाम्रो माग हो’, केसीले भने, ’हामी यो निर्णय विरुद्ध फेरि अपिल कमिटीमा जानेछौं ।’

केसीले फिफाको नियमावली अनुसार त्यो खेलको नतिजा उल्टिनु पर्ने आफूहरुको माग रहेको बताए । ‘फिफाको नियम अनुसार अवैधानिक खेलाडी खेलाएपछि खेलको नतिजा स्वत रद्द हुन्छ । अवैधानिक खेलाडी खेलाउने टिम ३-० ले पराजित हुने व्यवस्था छ र उक्त टिमको अंक पनि घट्छ । अनी खेलाडी र क्लबलाई पनि कारबाही हुन्छ,’ केसीले भने ।

उनले गल्ती स्वीकार भइसकेपछि त्यही अनुसार थ्रीस्टार ३-० ले पराजित भएको निर्णय हुनुपर्ने र अंक घटाउनुपर्ने बताए । यदी त्यस्तो भएमा एपीएफको रेलिगेसनबाट बच्नेछ र थ्री स्टार रेलिगेसनमा पर्नेछ ।

एन्फा महासिचव राईलाई एन्फाको अनुशासन कमिटीले गरेको निर्णयमा चित्त नबुझे अपिल कमिटीमा जान पाइने बताए । ‘यो अनुशासन कमिटीले अध्ययन गरेर गरेको निर्णय जानकारी गराइएको हो । यदी त्यसमा चित्त नबुझे अपिल कमिटीमा जान पाइन्छ,’ राईले भने, ‘एन्फाको इन्डिपिन्डेन्ट कमिटीहरुले गरेको निर्णयमा एन्फाले केही गर्न मिल्दैन ।’ यस विषयमा एन्फाल अहिले केही बोल्न नमिल्ने उनले बताए ।

एपीएफका कोषाध्यक्ष केसीले आफूहरुलाई अन्याए भएको र अपिल कमिटीबाट पनि चित्त बुझ्दो जवाफ नआए आफूहरु अन्य निकायदेखि अदालत नै जाने बताएका छन् ।

‘हामीले पहिले पनि यस विषमा एएफसीमा पत्र लेखेका थियौं । उनीहरुले यो विषमा तपाईँहरुको आन्तरिक सहमतिबाटै टुङ्गो लगाउनु भनेको थियो । तर अहिले यहाँ अन्याय भयो । हामी न्यायका लागि फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र न्यायालयसम्म पनि पुग्छौं।’

थ्री स्टार क्लका महासचिव धर्मेन्द्र शाक्यले एन्फा अनुशासन कमिटीको निर्णय बारे पत्र प्राप्त भएको जानकारी दिँदै क्लबले बैठक बसेर छलफल गरेर निर्णय गर्ने जानकारी दिए ।

‘एन्फाबाट यस विषयमा पत्र प्राप्त भएको छ । त्यही विषयमा हामी बउने शनिबार क्लबको बोर्ड अफ डिरेक्टरको बैठक बस्दैछौं। त्यसमै छलफल गरेपछि अब के कसो गर्ने भनेर क्लबको आधिकारिक धारण आउनेछ ।’

के भएको थियो ?

गत जेठ २८ गते दशरथ रंगशाालामा भएको जावालखेल युथ क्लब विरुद्ध लिगको अन्तिम खेल थ्री स्टारका लागि जित्नै पर्ने अवस्था थियो । उक्त खेलमा पराजित भएमा थ्री स्टार रेलिगेसनमा पर्ने थियो ।

यही खेलको नतिजाको आधारमा एपीएफको पनि ए डिभिजनमै रहने वा रेलिगेसनमा पर्ने भन्ने तय हुने थियो ।

उक्त खेल थ्रीस्टारले १-० ले जित्यो र ए डिभिजनमै कायम रह्यो । एपीएफ भने क्लब इतिहासमा पहिलो पटक रेलिगेसनमा पर्‍यो । डबल राउण्ड रोविनका आधारामा चलेको लिगमा अन्तिम खेल जितेपछि थ्री स्टार २६ खेलबाट ३२ अंकसहित नवौँ स्थानमा रह्यो ।

२६ खेलबाट ३० अंक जोडेको एपीएफ भने अन्तिमबाट दोस्रो अर्थात १२औं स्थानमा रहेपछि रेलिगेसनमा परेको थियो ।

त्यसपछि थ्री स्टारले दुई विदेशी खेलाडीलाई बिना भिसा खेलाएको भन्दै एपीएफले एन्फामा उजुरी हालेको थियो । जावलाखेल युथ क्लबविरुद्ध थ्री स्टारले भिसा अवधि सकिएका दुई विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले उक्त खेलमा जावलाखेललाई विजेता घोषित गरियोस भनेर उजुरी गरेको थियो ।

त्यही उजुरीका आधारमा एन्फाको अनुशासन कमिटीले छानबिन गरी थ्री स्टारले गर्दै गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो । तर त्यसमा एपीएफले चित्त बुझाएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...