मुख्य समाचार
चार दशकपछि खुलेको रहस्य, अमेरिकी राजदूत नै क्युबाको जासुस
चार दशकपछि खुलेको रहस्य, अमेरिकी राजदूत नै क्युबाको जासुस

बोलिभियाका लागि पूर्व अमेरिकी राजदूत म्यानुअल रोचा हालसालै पक्राउ परे । अमेरिकी विदेश मन्त्रालयमा काम गर्ने उनलाई अमेरिकी सरकारले गम्भीर आरोप लगाउँदै पक्राउ गरेको हो ।

चार दशक अमेरिकी विदेश मन्त्रायलमा काम गरेका उनले क्युबाका लागि जासुसी गरेको आरोप सरकारले लगाएको हो । कम्युनिस्ट शासन रहेको क्युबाले शताब्दी यता गर्दै आएको सबैभन्दा ठूलो जासुसी काण्डका रुपमा यसलाई लिइएको छ ।

अमेरिकी सरकारका महान्यायाधिवक्ता मेरिक अर्लाण्डको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘विदेशी एजेन्टको अमेरिकी सरकारको उच्चतम तहमा पहुँच र लामो समयसम्मको घुसपैठ यो नै पहिलो हो ।’

पक्राउ परेका म्यानुअल रोचाले आफ्नो बचाउमा कुनै निवेदन हालसम्म गरेका छैनन् । उनी पक्राउ परेसँगै अमेरिकी कुटनीतिज्ञ तथा जासुसी संयन्त्रका अधिकारीहरु उनले लामो समयसम्म आफुलाई बचाउन सकेकोप्रति आश्चर्यमा छन् । यस्तै रुढीवादी अमेरिकीको छवि बनाएका रोचाले क्युबाली क्रान्ति प्रति राखेको गहिरो निष्ठाप्रति समेत केही पर्यवेक्षकहरु चकित छन् ।

एक गुप्त एफबीआई एजेन्टले प्रस्तुत गरेको प्रमाणमा रोचाले अमेरिकालाई शत्रुका रुपमा प्रस्तुत गरेको भेटिएको छ । यस्तै, क्युबाका नेता फिडेल क्यास्ट्रोको प्रशंसा गर्नुका साथै आफ्नो द्वैध पहिचान दशकौँसम्म लुकाउन सफल भएको उल्लेख छ ।

यो प्रकरण सतहमा आएपछि सबैभन्दा चकित केन्द्रीय जासुसी संयन्त्र अन्तर्गतको प्रतिजासुसी संयन्त्रका पूर्व प्रमुख जेम्स ओल्सन परेका छन् । उनीसँग क्युबाको जासुसी संयन्त्रको अनुभव समेत थियो । ‘उनीहरुसँग काम गरेको अनुभवका हिसाबमा उनीहरुलाई आक्रामक खुफिया सेवाका रुपमा जान्दथेँ । तर उनीहरु निकै कुटिल र निकै गुप्त रुपमा आफ्नो लक्ष्य प्राप्ति क्षमतावान् समेत भएछन्’, उनले बीबीसीसँग भनेका छन् ।

रोचाअघि उनीहरुले धेरै अमेरिकीलाई प्रयोग गरेर आफ्नो लागि जासुसी गराएको र यो क्युबाको परम्परागत शैली रहेको ओल्सन बताउँछन् ।

‘उनीहरुले रक्षा संयन्त्रमा काम ग्ने अना मोन्टीलाई १६ वर्षसम्म आफ्नो लागि जासुसी गर्न लगाए । यस्तै विदेश विभागमा कार्यरत वाल्टर किन्डल माइर्सका दम्पतीलाईसम्म प्रयोग गरे । आफ्नो हितका खातिर उनीहरुले धेरै अमेरिकीलाई प्रयोग गरेका छन्’, ओल्सनले भनेका छन् ।

बर्लिनको पर्खाल ढलेसँगै क्युबाको जासुसी संयन्त्र डीजीआई कमजोर बनेको अमेरिकी भ्रम थियो । तर यथार्थमा त्यस्तो नरहेको ओल्सन बताउँछन् । उनीहरु विगतको भन्दा निकै आधुनिक र तगडा भएको उनको मूल्याकंन छ । ‘केबीजीले उनीहरुलाई पहिलेको भन्दा कम पैसा दिन्छ होला तर उनीहरु निकै तगडा भएका छन् । जासुसी क्षमतालाई उनीहरुले निकै प्रभावकारी बनाएका छन् । घुसपैठ र प्रतिरोधका मामिलामा क्युबाली जासुसी संयन्त्रलाई रुसको केजीबीलाई निकै पछि पारेका छन्’, आफ्नो मूल्यांकनबारे ओल्सनले बीबीसीसँग भनेका छन् । ‌

सन् २९८७ मा क्युबाली जासुस फ्लोरेन्सियो अस्पिलागाले भियनामा रहेको अमेरिकी दूतावास पुगेर सनसनी बयान दिए । त्यसले फिडेल क्यास्ट्रोको जासुसी संयन्त्रको क्षमताका कारण अमेरिकी जासुसी संयन्त्र त्रसित बनेको बजेको ओल्सनको स्मरण छ ।

‘क्युबाली डीजीआईले ३८ वटा डबल एजेन्ट नियुक्त गरेको र क्युबामाथि जासुसी गर्न नियुक्त भएका सबैले क्युबाको जासुसी गर्ने बयान ती व्यक्तिले दिए । हामी निकै जिल्ल भएका थियौँ’, उनले स्मरणमा भनेका छन् ।

उनीहरुले अमेरिकी जासुसी संयन्त्रलाई असफल बनाएको ओल्सन बताउँछन् । ‘उनीहरु हामीविरुद्ध निकै खरो उत्रिएकाले व्यक्तिगत रुपमा म उनीहरुप्रति निकै रुष्ट छु’, ओल्सनले भनेका छन् ।

उच्च कुटनीतिज्ञका हैसियतमा म्यानुअल रोचासँग गोप्य कागजात र संवेदनशील जासुसी सूचनाको पहुँच गतिलो थियो । अमेरिकी सरकारले अहिले रोचाले कति मात्रामा सूचना चुहाए भनेर अनुसन्धान गरिरहेको छ । रोचाको पक्राउप्रति क्युबाले हालसम्म कुनै प्रतिक्रिया भने जनाएको छैन ।

क्युबाको जासुसी नीति प्रष्ट छ । अमेरिकाविरुद्ध जासुसीका निम्ति हदैसम्म अघि बढ्न ऊ तयार छ । ६० वर्षयता हरेक अमेरिकी प्रशासनविरुद्ध उसले सफल रुपमा जासुसी गरिरहेको छ ।

क्युबाको प्रख्यात जासुसी थिए जिराडो हर्नान्डिज । सन् १९९० मा फ्लोरिडामा क्यास्ट्रोविरुद्ध बनिरहेको अमेरिकी समुहमा घुसपैठ गर्न उनी सफल भए । सन् १९८८ मा पक्राउन परेसँगै उनी १६ वर्ष जेल बसे । पछि ओबामा कालमा हभाना कैदी अदल बदल हुँदा उनी छुटेका थिए । हभानाबाट एक अन्तर्वातामा उनले भनेका थिए, ‘अमेरिकाले क्यास्ट्रो विरोधी सशस्त्र समूहलाई आफ्नो मुलुकबाट निर्वाध रुपमा गतिविधि सञ्चालन गर्न दिएको थियो । क्युबाका निम्ति त्यही घुसपैठ गरेर जासुसी गर्नुको अर्को विकल्प थिएन ।’

क्युबा र अमेरिकाबीचको द्वपक्षीय सम्बन्धमा खटपट आइरहनुको मुख्य कारणनै डीजीआईको काम रहेको उनको भनाइ छ । ‘यदि कसैले अझै पनि क्युबाविरुद्ध गद्धारी गर्ने सोच्छ भने राष्ट्रभक्त क्युबाका जासुसहरुले आफ्नो मुलुकको रक्षाका निम्ति सबै सूचना अझैपनि उपलब्ध गराउनेछन्’, हर्नान्डिजले बीबीसीसँग भनेका छन् ।

म्यानुअल रोचाविरुद्ध मुद्दा चलिरहेको सम्बन्धमा क्युबाको राष्ट्रिय परिषद्का सदस्य जिर्राडो हर्नान्डिजले प्रतिक्रिया दिएका छन् । उनले यत्तिमात्रै भनेका छन्, ‘मैले पनि समाचारमा सुनेको हुँ ।’

यद्यपि उनी वैचारिक धारमा अडिग रहेका जासुसहरुबाट कुरा फुत्काउन असंभव हुनेमा उनी विश्वस्त छन् । ‘पैसा र नाफाका लागि नभएर विचारधारालाई माया गरेर काम गर्नेहरुले सधैँ उत्कृष्ट काम गर्नेछन्’, उनी भन्छन् ।

यसको प्रतिवादमा ओल्सन भन्छन्, ‘म्यानुअल रोचा गद्दार हुन् उनले राष्ट्रलाइ धोका दिए । मलाई लाग्दैन कि अब उनले धर्तीको उज्यालो देख्न पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...