मुख्य समाचार
आईएमडीबीले सार्वजनिक गर्‍यो सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची
आईएमडीबीले सार्वजनिक गर्‍यो सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची

। आईएमडीबीले सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ छ ।

वेबसाइटमा बढी खोजिएका फिल्मको ट्रेन्डअनुसार आईएमडीबीको भारतीय संस्करणले यो सूची सार्वजनिक गरेको हो । आईएमडीबी फिल्मको तथ्यांक संकलन गर्ने विश्वकै ठूलो डेटाबेस प्लाटफर्म हो ।

सूचीको दोस्रो स्थानमा ‘पुष्पा : द रुल पार्ट २’, तेस्रोमा वेलकम टु द जंगल, चौथोमा सिंगम अगेन, पाँचौंमा ‘कल्की : २९९८ एडी’, छैटौंमा ‘बाघिरा’, सातौंमा ‘हनुमान’, आठौंमा ‘बडे मियाँ छोटो मियाँ’, नवौंमा ‘कानगुभा’ र दशौंमा ‘देभारा : पार्ट वान’ छन् ।

सूचीको ११ औं स्थानमा ‘छावा’, १२ मा ‘गुन्तुर कारम’, १३ मा ‘मलाइकोताइ भलिवान’, १४ मा ‘मेरी क्रिसमस’, १५ मा ‘क्याप्टेन मिलर’, १६ औंमा ‘थंगालान’, १७ मा ‘इण्डियन २’, १८ मा ‘योद्धा’, १९ मा ‘मैं अटल हुँ’ र २० मा ‘जिग्रा’ छन् ।

यो सूचीमा ९ वटा हिन्दी र ५ तेलुगू भाषाका फिल्म समावेश छन् । चारवटा तमिल, मलयामल र कन्नड भाषाका एक-एक फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गायक अरिजित सिंह विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म ‘स्पोटीफाइ’मा ‘धेरै पछ्याइने संगीतकर्मी’ बनेका छन्। उनका १५१ मिलियन भन्दा धेरै फलोअर छन् । उनले यस क्रममा चर्चित गायिका टेलर स्वीफ्टलाई पनि पछि पारेका छन् । टेलरको १३९ मिलियन फलोअर छन् । यसअघि गत वर्षको अगस्टमा पनि अरिजितले टेलरलाई उछिनेका थिए । २०२३ को अगस्टमा पनि अरिजित सिंहले स्वीफ्टलाई ...
। ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए । ‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने ...
कोरियाली ड्रामा ‘स्क्विड गेम’ सिजन ३ ले आफ्नो रिलिजको पहिलो तीन दिनमा नेटफ्लिक्समा रेकर्ड तोडेको छ । यो सिजनले ६०.१ मिलियन (६ करोड १ लाख) भ्यूज प्राप्त गरेको छ, जसले यसलाई नेटफ्लिक्सको इतिहासमा गैरअंग्रेजी भाषाको सबैभन्दा धेरै हेरिएको शो को सूचीमा नवौं स्थानमा पुर्‍याएको छ । यो सिजनले विश्वका ९३ देशहरूमा नेटफ्लिक्सको टप १० चार्टमा पहिलो ...
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...