मुख्य समाचार
सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा ६ हजारबढी आप्रवासी हराए
सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा ६ हजारबढी आप्रवासी हराए

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले मङ्गलबार बताएको छ ।


उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिए। उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो ।

मृतक वा बेपत्ता भएका आप्रवासीहरूको परिवार र आधिकारिक उद्धार तथ्याङ्कहरू सङ्कलन गर्ने सङ्गठनका अनुसार यसमा कूल तीन सय ८४ बालबालिका समावेश छन् । छ हजार सातको मृत्यु वा बेपत्ता अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा भएको हो ।

भूमध्य सागरमा नियन्त्रण कडा भएपछि प्राय भीडभाडयुक्त मुस्किलले समुद्रमा चल्ने जहाजहरूमा पर्याप्त खाना र पानीको अभावका साथ सात वटा टापु अफ्रिकामा गरिबी र सङ्घर्षबाट भागेका मानिसका लागि मनपर्ने गन्तव्य बनेका छन् ।

मालेनोले भने, 'एटलान्टिक मार्ग विश्वको सबैभन्दा घातक मार्ग बनेको छ ।' उनले उद्धारकर्मीहरूका लागि साधनको अभाव तथा स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धिका कारण गत वर्ष मृत्यु र बेपत्ताहरूको घटनामा वृद्धि भएको बताए।

आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार आठ सय ५२ सम्म पुगेको छ । यो सन् २०१८ को ६४ हजार दुई सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो सबैभन्दा धेरै हो ।

अधिकांश करिब ७० प्रतिशत आप्रवासी क्यानरी द्वीप समूहमा पुगेका छन् । उक्त द्वीप समूह उत्तरपश्चिमी अफ्रिकाको तटबाट मुस्किलले एक सय किलोमिटर टाढा छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...