मुख्य समाचार
कोरोना संक्रमणविरुद्ध ६ रणनीति
कोरोना संक्रमणविरुद्ध ६ रणनीति

कोभिड–१९, ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.१ का संक्रमितहरू फेला परेका छन्। यो सबभेरियन्ट दुवै छिमेकी मुलुकहरूमा फैलिसकेको छ। दुवै मुलुकसँग खुला सीमा भएकाले जेएन.१ भेरियन्टका संक्रमितहरू नेपाल भित्रने सम्भावना उच्च छ।

त्यसैले सरकारले उच्च सतर्कताका साथ सीमानाकामा निगरानी र परीक्षण बढाउनुपर्छ। सबभेरियन्ट जेएन.१ को रोकथाम, निदान, नियन्त्रण र उपचारका लागि मूलतः ६ वटा रणनीति अपनाउनुपर्छ।

भारत र चीनसँग जोडिएका सीमा नाकामा आवतजावत गर्ने व्यक्तिको परीक्षणको व्यवस्था तुरुन्तै गर्नुपर्छ। लक्षण देखिएका वा नदेखिएका सबैजनाको परीक्षण गर्नुपर्छ।
परीक्षण गरिएका व्यक्तिहरूलाई सुरक्षित ढंगले क्वारेन्टाइनमा राख्नुपर्छ। होम क्वारेन्टाइन वा संस्थागत क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्छ।
सम्भावित संक्रमित र संक्रमितको आवतजावतको यकिन गरी आइसोलेसनमा राख्न अनुगमनको ट्र्याकिङ व्यवस्था गर्नुपर्छ। संक्रमणको पुष्टि भएकालाई आइसोलेसनमा राख्नुपर्छ।
संक्रमितको उपचारका लागि स्वास्थ्य संस्थाहरूलाई बलियो र व्यवस्थित बनाउनुपर्छ। जनशक्ति र उपकरणको व्यवस्था गरी सक्षम र प्रभावकारी बनाउनुपर्छ।
कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिँदै चुस्त पार्नुपर्छ। खोप लगाउनबाट बञ्चित हुनुहुँदैन।
कोरोनाबाट जोगिने उपायका बारेमा आम जनतालाई सुसूचित गर्नुपर्छ। सही सूचना सम्प्रेषण गराउनेतर्फ सरकारले नै पहलकदमी लिनुपर्छ।
(डा. गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका पूर्वप्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए