मुख्य समाचार
पासाङल्हामु मार्गको एक वर्षभित्र ठेक्का लगाइन्छ : अर्थमन्त्री
पासाङल्हामु मार्गको एक वर्षभित्र ठेक्का लगाइन्छ : अर्थमन्त्री

: अर्थमन्त्री डा. प्रकाशरण महतले एक दशकदेखि जीर्ण रहेको पासाङल्हामु सडकमार्गलाई निर्माण गरेरै छाडिने बताए। उनले निर्माणका सबै प्रक्रिया पूरा भएर ठेक्का गरिने बताए।


नुवाकोटको बेलकोटगढी नगरपालिका-११ तिगाउँमा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले पासाङल्हामु मार्गको पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको बताए। पासाङल्हामु मार्गलाई दुई चरणमा निर्माण गरिने उनको भनाइ छ।

अर्थमन्त्री महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्नेसमेत प्रतिबद्धता जनाएका छन्। नुवाकोटलाई काठमाडौंसँग जोड्ने पासाङल्हामु मार्गको स्तरोन्नति छिट्टै अगाडि बढ्ने समेत डा. महतले बताएका हुन्।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ। ‘काठमाडौंको तीनपीपलेदेखि नुवाकोटको ककनीसम्म एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ। ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन गरिन्छ। त्यसो पनि नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु गरिने र यसमा स्थानीयवासी ढुक्क भएर बस्नुहोस्’, उनले भने।

२०१८ सालमा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु सडकमार्ग २०७१ सालमा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो। तर, उक्त समयमा यसअघि गरिएको कालोपत्रे उत्काएपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो।

त्यसबेला मर्मत र पुनर्निर्माणका लागि सञ्चालन अवस्थामै रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि पासाङल्हामु सडकमार्गमा जोखिमपूर्ण बनेको छ। नुवाकोटवासीलाई सो सडक निकै कष्टकर भएपछि काठमाडौं आउजाउ गर्न समस्या भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो