मुख्य समाचार
ठूलो परिमाणमा भारतीय कम्पनीको औषधि बरामद
ठूलो परिमाणमा भारतीय कम्पनीको औषधि बरामद

— औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयले सोमबार ठूलो परिमाणमा भारतीय औषधि जफत गरेको छ । सूचनाका आधारमा कार्यालयका निमित्त प्रमुख मुकेन्द्र पञ्जियारको नेतृत्वमा खटिएको कार्यालयको टोली वीरगन्ज–१६, नगवास्थित गोदाममा भण्डारण गरी राखेको अवस्थामा श्री वैद्यनाथ आर्युवेद भवन पटना भारतद्वारा निर्मित औषधि बरामद गरेको हो ।


कार्यालय प्रमुख पंजियारका अनुसार, सिरहा घर भएका हिमालयन सप्लायरका व्यवस्थापक महम्मद अतिम अनवरले ती औषधि अवैध रूपमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको हो । अनवरलाई पनि पक्राउ गरी आवश्यक कारबाही थालिएको छ ।

औषधि व्यवस्था बिभागबाट परीक्षण गर्दा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मा अनुत्तीर्ण भएको उक्त भारतीय कम्पनीको औषधि आयात र बिक्री वितरणसमेत अवैध मानिएको छ ।

तर अनवरले उक्त औषधि जानाजान आयात गरेर बिक्री वितरण गरेको पाइएकाले कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको पंजियारले बताए । बरामद भएको औषधिमा वैद्यनाथ कम्पनीका ७ वटा ब्रान्डका गरी ८ हजार बोतल औषधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो