मुख्य समाचार
चन्द्रमामा लगातार बिजुली आपूर्ति गर्न आणविक भट्टी बनाउँदै कार कम्पनी
चन्द्रमामा लगातार बिजुली आपूर्ति गर्न आणविक भट्टी बनाउँदै कार कम्पनी

भनिन्छ, चन्द्रमामा आगामी दुई दशकमा मानव वस्ती बस्नेछ र देशहरुले आ आफ्ना बेस खडा गर्नेछन् ।

चन्द्रमामा मानिसहरुको बसोबास भयो भने मानिसका लागि बिजुली आपूर्ति कसरी होला ? चन्द्रमामा न त पानी छ, न त हावा नै । त्यसैले त्यहाँ कुनै जलविद्युत वा वायु ऊर्जा उत्पादन गर्न सकिने कुरा भएन ।

चन्द्रमाको उज्यालो हिस्सामा सौर्य ऊर्जा उत्पादन त गर्न सकिएला तर अँध्यारो हिस्सामा के गर्ने ?

उत्तरी आयरल्याण्डको बेलफास्टमा हालै अन्तरिक्षसम्बन्धी सम्मेलन भएको छ । उक्त सम्मेलनमा विश्वकै सबैभन्दा लक्जरी कार निर्माण गर्ने कम्पनी रोल्स रोयसले मिनी परमाणु संयन्त्रको मोडेल प्रदर्शन गरेको छ । त्यो १२० इन्च लामो एउटा सानो आकारको आणविक रिएक्टर हो । यो संयन्त्रका माध्यमबाट चन्द्रमामा बन्ने मानव बस्तीमा लगातार विद्युत आपूर्ति भइरहनेछ ।



बेलायतको स्पेस एजेन्सीका प्रमुख कार्यकारी पल बेटका अनुसार रोल्स रोयसको यो आविष्कार निकै महत्वपूर्ण छ । यसको माध्यमबाट चन्द्रमामा मानव उपस्थितिलाई स्थायी सुविधा प्राप्त हुनेछ । रोल्स रोयसलाई यो मिनी न्युक्लिएर रिएक्टर परियोजनामा बेलायती स्पेस कम्पनी एजेन्सीले करीब ५० करोड रुपैयाँ बराबरको रकम सहयोग गरेको थियो । यसबाट भविष्यमा चन्द्रमामा एउटा ऊर्जा आधार शिविर खडा गर्न सकिने विश्वास गरिएको छ ।

सम्मेलनमा रोल्स रोयसले पेस गरेको मिनी रिएक्टरको प्रोटोटाइप ४० इन्च चौडा र १२० इन्च लामो छ । कम्पनीका इन्जिनियर र वैज्ञानिकहरुले सो आणविक विच्छेदन रिएक्टरमार्फत् निस्किने तापबाट कसरी ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् । यसबाट अझै विद्युत उत्पादन भैसकेको छैन ।

तर यदि सबै प्रक्रिया सही ढंगले अघि बढेमा कम्तिमा आगामी ६ वर्षमा यो रिएक्टरबाट विद्युत पैदा हुनेछ । यद्यपि यसको पूर्ण निर्माणका लागि अझै करोडौं रकम लाग्नेछ ।

वैज्ञानिकहरुका अनुसार यो मिनी न्युक्लिएर रिएक्टरमा हुने विच्छेदन प्रतिक्रियाबाट विद्युत उत्पादन हुनेछ । त्यो ठ्याक्कै उही प्रविधिमा आधारित छ जुन संसारभरका परमाणु ऊर्जा संयन्त्रमा प्रयोगमा रहेको छ । मात्र विद्यमान आणविक ऊर्जा रिएक्टरको यो सानो संस्करण हो ।

सूर्यको प्रकाशबाट आउँदैन पर्याप्त ऊर्जा

चन्द्रमामा सधै एउटै हिस्सामा मात्रै सूर्यको प्रकाश पर्दछ भने अर्को हिस्सा सदैव अन्धकार रहन्छ । त्यसैले त्यहाँ सूर्यको प्रकाश भनेको द्धितीयक विकल्प अर्थात् वैकल्पिक व्यवस्था मात्रै हुनसक्छ । सोही कारण त्यहाँ निरन्तर विद्युत आपूर्तिका लागि कुनै स्थायी व्यवस्था हुनु आवश्यक हुन्छ । यी परमाणु संयन्त्रलाई चन्द्रमाको ध्रुवीय इलाकाहरुमा यस्तो ठाउँमा स्थापित गरिनेछ जहाँबाट बिजुली उत्पादन भैरहोस् ।

रोल्स रोयसको दाबी अनुसार उसले सन् २०३० सम्ममा यो मिनी न्यूक्लियर रिएक्टर तयार गर्नेछ जसले बिजुली पैदा गर्न सकोस् । साथै चन्द्रमामा बस्ने अन्तरिक्ष यात्रीका लागि समेत पर्याप्त वातानुकूलन होस् र आवश्यकता पर्दा तापीय प्रणालीलाई पनि सही ढंगले सञ्चालन गर्न सकियोस् । यसका लागि लगातार बिजुलीको आपूर्ति आवश्यक हुन्छ, त्यस्तो निरन्तर विद्युत आपूर्ति चन्द्रमामा केवल परमाणु संयन्त्रबाट मात्रै प्राप्त गर्न सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...