मुख्य समाचार
कोरोना संक्रमणको जोखिम बढ्दो, सरकारसँग छैन परीक्षण किट
कोरोना संक्रमणको जोखिम बढ्दो, सरकारसँग छैन परीक्षण किट

— विश्वका विभिन्न मुलुकसँगै छिमेकी भारत र चीनमा समेत कोरोना संक्रमण बढिरहेका बेला नेपालमा भने इमर्जेन्सी परीक्षणका लागि समेत पीसीआर र एन्टिजेन किट छैनन् । पछिल्लो समय भारतका विभिन्न क्षेत्रबाट घर फर्किने ९ जना नेपाली र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले बढ्दो संक्रमणलाई मध्यनजर गरेर सरकारले भारतबाट नेपाल प्रवेश बिन्दुका सम्पूर्ण १४ वटा हेल्थ डेक्समा निगरानी थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सबभेरिएन्ट जेएन.१ नेपालमा पुष्टि भइनसके पनि छिमेकमा संक्रमण फैलिरहेकाले सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।

यस्तो अवस्थामा नेपाल सरकारसँग परीक्षण किटसमेत छैन । टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारमा किट नभएपछि इमर्जेन्सी केसका लागि आवश्यक पर्ने पीसीआर र एन्टिजेन्ट किट खरिद गर्न स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई पत्राचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाले बताए । ‘प्रदेशको आपूर्ति केन्द्रहरूलाई पनि आपत्कालीन अवस्थालाई मध्यनजर गरेर खरिद गर्न अनुरोध गरिसकेका छौं,’ उनले भने ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले इमर्जेन्सी केसका लागि पुग्ने मात्रामा खरिद गर्न छलफल भइसकेको दाबी गरे । ‘खरिद गरेर मात्र पनि हुँदैन । धेरै स्टक भएमा पछि महालेखा नियन्त्रकको कार्यालयले प्रश्न गर्छ,’ उनले भने, ‘एन्टिजेन किटहरू आवश्यक परेमा पालिकाहरूले पनि खरिद गर्न सक्छन् ।’


डब्लूएचओले कोरोना संकटकाल अन्त्य भएको घोषणा गरे पनि जोखिम भने रहिरहेको जनाएको र कोरोनाको निरन्तरतालाई ध्यान दिएर सरकार जहिले पनि यस विषयमा गम्भीर हुनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिले रुघाखोकी र ज्वरोको सिजन छ । बेलैमा परीक्षण गर्न पाएमा रोग पत्ता लगाई समाजमा फैलिन सक्ने खतराबाट बचाउन र रोग निदान गर्न सकिन्छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभागले पीसीआर र एन्टिजेन किट २०७७ मा खरिद गरेको थियो । विभागले पछिल्लो समय माग भएबमोजिम स्टकमा रहेको ५ हजार पीसीआर किट नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, हेटौंडा अस्पताल, मकवानपुर, प्रादेशिक अस्पताल, सिराहा र जनकपुरमा पठाएको थियो । विभागका अनुसार किटको म्याद दुई वर्ष हुने गरेको छ ।

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

वैदेशिक रोजगारीमा जाने मजदुरले कोरोना परीक्षण गर्ने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र देशैभरिबाट रेफर गरेर पठाउने केन्द्रीय ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पीसीआर किटको स्टक सकिन लागेको छ । दुवै निकायका अनुसार दुई सातालाई मात्र पुग्ने स्टक छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले स्वास्थ्य सेवा विभागलाई पीसीआर किट अभाव भएको बारेमा मौखिक जानकारी गराइसकेको बताए । ‘अहिले एक सयदेखि डेढ सय जनासम्मलाई परीक्षण गर्न समस्या भएन,’ उनले भने, ‘३/४ हजारको परीक्षण गर्नुपर्‍यो भने सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए