मुख्य समाचार
८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित
८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित

। मार्टिनिक क्यारेबियन क्षेत्रको सानो आइल्याण्ड हो । यस आइल्याण्डबाट फुटबल गोल्डेन लायनले ८ हजार माइल यात्रा गरेर फ्रेन्च कप खेल्न फ्रान्स पुगेको थियो । तर टोली पहिलो खेलमै फ्रेन्च लिग वान टोली लिनसँग १२-० ले पराजित भयो ।

विश्वका विभिन्न क्षेत्रमा फ्रान्सको अधिनमा रहेका टापुलाई फ्रेन्च कप खेल्न अनुमति दिइएकोले सानो क्यारेबियन टापुको टोलीले पनि प्रतियोगितामा खेल्न सक्षम भएको थियो । उनीहरुले बुधबार फ्रान्सको यात्रा सुरु गरेका थिए ।

जसले फ्रान्सको लिलाई राउण्ड अफ ६४ को खेल स्तब्ध पार्ने सोच राखेको थियो । तर तीन दिनपछि उल्टै १२ गोल बेहोर्‍यो । क्यारेबियन टापु मार्टिनिकको लिगको विजेताको रुपमा फ्रेन्च कप खेल्न गएको थियो ।

घरेलु टोली लिलका लागि क्यानडियन स्ट्राइकर जोनाथन डेविड र एडोन जेग्रभाले ह्याट्रिक गरे । यस्तै युसुफ याजिसी र हाकोन हाराल्डोसनले दुई-दुई तथा थियागो सान्तोस र अमिने मेसोउस्साले समान एक गोल गरे ।

खेलमा लिले गोलका लागि ३७ सट प्रयास गरेको थियो गोल्डेन लायनले जम्मा एक सट हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...