मुख्य समाचार
यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिन व्यवसायीहरुलाई अर्थमन्त्री महतको आग्रह
यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिन व्यवसायीहरुलाई अर्थमन्त्री महतको आग्रह

— अर्थमन्त्री प्रकाशशरण महतले उद्योगी व्यवसायीहरुलाई यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिन आग्रह गरेका छन् । चितवन उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभामा मन्त्री महतले भने, ‘तथ्यमा आधारित भएर बोलिदिनुस्, यथार्थ कुरा ग्रासरुटमा पुग्छ । नभए हामीले जे लक्ष्य लिएर काम गरिरहेका छौँ, त्यसको विपरित परिणाम आउँछ ।’


उनले तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गर्दा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर भइरहेको बताए । 'उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न म आग्रह गर्दछु,' मन्त्री महतले भने ।

उनले आफू अर्थमन्त्री हुँदा समस्याग्रस्त देशको अर्थतन्त्र क्रमश सुधारको बाटोमा रहेको दाबी गरे । 'अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्‍याउन धेरै गर्न बाँकी नै छ । राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न सकिन्छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औषतमा मूल्यवृद्धि घटिरहेको छ,’ उनले भने, 'अर्थतन्त्र विस्तारै लयमा फर्किँदैछ।'

उनले निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको बताए ।

'साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा कुनै सत्यता छैन । दबाब अवश्य छ, हाम्रो साधारण खर्चमा कहीँकतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ । ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई धनी गरिब जे भए पनि ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...