मुख्य समाचार
नजानु भन्दाभन्दै रुसी सेनामा गएका थिए स्याङ्जाका हरि
नजानु भन्दाभन्दै रुसी सेनामा गएका थिए स्याङ्जाका हरि

— रुस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको निधन भएको खबर उनका वृद्ध बुबाआमाले बुधबार मात्रै पाए । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले उनको निधनबारे मंगलबार नै वालिङ नगरपालिका–१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)लाई आधिकारिक जानकारी गराएको थियो । अर्यालका आफन्तको आग्रहमा उनको परिवारलाई बुधबार खबर पुग्यो ।

अर्यालको निधनको खबरपछि टोल, छिमेक र आफन्त मान्खुस्थित घरमा जम्मा भएका छन् । आफन्त बद्री अर्यालका अनुसार कन्सुलर विभागले शव आउने/नआउने एकिन गर्न अझैं दुई दिन लाग्ने बताएको छ । ‘दुई दिन पर्खनुस् भन्ने खबर आयो,’ उनले भने, ‘शव नआउने भयो भने कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्नेबारेमा छलफल भइरहेको छ ।’

१८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका उनले साढे दुई वर्षपछि राजीनामा दिए । ओमन प्रहरीमा जान आवेदन दिएका थिए । सेनाबाट राजीनामा दिएर आवेदन दिए पनि उनी सफल भएनन् । त्यसपछि दक्षिण अफ्रिका जाने प्रयासमा समेत असफल भएपछि उनी निराश थिए । सेनाबाट निस्किएपछि विदेश जाने प्रयास सफल नहुँदा उनले दबाब महसुस गरेको हुन सक्ने बद्रीले बताए ।

उनका अनुसार हरि नेपालबाट दुबई गएका थिए । दुबईबाटै कात्तिक ३ मा रुस पुगे । पुगेको ५ दिनमा रुसी सेनामा भर्ती भए ।


पछिल्लोपटक मंसिर १८ (डिसेम्बर ४) मा फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै’ लेखेका छन् । मंसिर १९ सम्म उनी परिवारको सम्पर्कमा थिए । भाउजुको म्यासेन्जरबाट बुबाआमासँग कुरा गर्थे ।

त्यसपछि भने सम्पर्कविहीन हुँदा उनको निधन भएको गाइँगुइँ चलेको थियो । ‘हामीले यतिबेला खतरा छ, नजाउ भन्दाभन्दै गयो,’ बद्रीले भने, ‘उ रिस्क नलिएसम्म प्रगति हुँदैन भन्थ्यो । रुसी सेनामा भर्ती भएपछि त्यस्तै लेखेर फोटो, भिडियो पनि पोस्ट गर्‍यो ।’

भिजिट भिसामा एजेन्टको माध्यमबाट दुबई हुँदै रुस गएर सिधैं भर्ती हुने र कमाइ समेत राम्रो हुने सुने पछि उनी त्यता जान लालायित भएको बद्रीले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...