मुख्य समाचार
कोरोनाको नयाँ भेरियन्ट 'जेएन वान' नेपालमा पुष्टि नभए पनि सावधानी अपनाऔं : मन्त्रालय
कोरोनाको नयाँ भेरियन्ट 'जेएन वान' नेपालमा पुष्टि नभए पनि सावधानी अपनाऔं : मन्त्रालय

: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट JN.1 नेपालमा पुष्टि नभएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट JN.1 जीन सिक्वीन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि नभएको जानकारी गराएको हो।


कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नाकाहरूमा राखिएका सम्पू्र्ण डेस्कहरू,स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ र निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ।


छिमेकी मुलुक चीन र भारतमा नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। नेपालमा नयाँ भेरियन्ट हाल नदेखिए पनि स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

भिडभाड हुने स्थलहरूमा जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य लागू गर्न मन्त्रालयले भनेको छ। विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट खतरानाक नभएपनि सर्ने दर तीव्र रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो