मुख्य समाचार
कोभिड-१९ को नयाँ सब-भेरियन्टको जोखिम बढ्यो, सतर्कता अनपाउनू : स्वास्थ्य मन्त्रालय
कोभिड-१९ को नयाँ सब-भेरियन्टको जोखिम बढ्यो, सतर्कता अनपाउनू : स्वास्थ्य मन्त्रालय

— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन.१ को जोखिम बढेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब-भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो ।

'कोभिड-१९ को नयाँ सब-भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड-१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौं' मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा छ,'


भिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नुहुन, भौतिक दूरी कायम राख्नुहुन र हातको सरसफाईमा विशेषतः ध्यान दिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए