मुख्य समाचार
जापानको भूकम्पमा १३ जनाको मृत्यु
जापानको भूकम्पमा १३ जनाको मृत्यु

। जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।

सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।

भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।

अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन् । इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन् । यो पर्यटकीय शहर पनि हो ।

यसैगरी इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ । त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ ।

भूकम्प प्रभावित विभिन्न ठाउँमा धुवाँको मुस्लो उडेको देखिएकाले आगलागी भएको अनुमान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...