मुख्य समाचार
दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पती पक्राउ
दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पती पक्राउ

। प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने गरेका थिए ।

दिल्लीमा किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ ।

‘त्यसका लागि ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गरेको खुलेको छ’, ब्यूरोका एसपी कृष्णप्रसाद पंगेनीले भने, ‘वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामरा जडान गर्नुको साथै पीडितहरुलाई नयाँ मोबाइल, भारतीय सीमकार्ड पनि उपलब्ध गराएर नयाँ आईडी बनाएर आफूले पनि निगरानी गर्ने गरेको देखिएको छ ।’

वेश्यावृत्तिबाट भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको एसपी पंगेनी बताउँछन् । यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्धा दर्ता भएका थिए । त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन् ।

अनुसन्धान जारी रहेका बेला उनीहरुले पुनः नेपालबाट युवतीहरुलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूच्ना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इण्डिया नामक संस्थासँग समन्वय गरेर १० पुसमा दिल्लीबाट थप ५ जना पीडितको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...