मुख्य समाचार
अन्तर्राष्ट्रिय खेलकुदलाई फर्केर हेर्दा
अन्तर्राष्ट्रिय खेलकुदलाई फर्केर हेर्दा

— सन् २०२३ त्यस्तो एक अर्को वर्ष रह्यो, जसमा खेलकुदको दृष्टिकोणले सबै ती रहे, जित र हार, सफलता र निराशा, विवाद र अन्योल, उपलब्धि र पतनदेखि सनसनरी र रोमाञ्चकता । खेलकुद भनेपछि हुरुक्क हुन बाध्य पार्ने यिनै नै हुन् ।

अन्तर्राष्ट्रिय खेलकुदलाई नेपाली दृष्टिकोणले हेर्दा मुख्य–मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता र घटना के कस्तो रह्यो त ? कान्तिपुर स्पोटर््स डेस्कले त्यसको सूची तयार पारेको छ र यी यस प्रकार रहे :


एसियाली खेलकुद

फेरि एकपल्ट एसियाली खेलकुद चीन फर्केको वर्ष रह्यो, २०२३ । बेइजिङ र ग्वाङचाउपछि हाङचाउले चिनियाँ सहरका रूपमा तेस्रोपल्ट एसियाली खेलकुदको आयोजना गर्‍यो । प्रतियोगिता सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना भएको थियो । यसलाई चीनले आफ्नो वैभव र विकास बाँकी विश्वलाई देखाउने अवसरका रूपमा हेरेको थियो र यसको सफलतापूर्वक आयोजना पनि गर्‍यो । कुनै प्रकारको विवाद नै भएन भन्दा हुन्छ । फेरि एकपल्ट चीन २ सय १ स्वर्णसहित पदक तालिकाको शीर्षमा रह्यो । एसियाली खेलकुदमा कुनै पनि देशको यत्तिको एकलौटी वर्चस्व यसअघि कसैको देखिएको थिएन ।

एकदिवसीय विश्वकप


एकदिवसीय विश्वकपको १३ औं संस्करण भारत एक्लैले आयोजना गर्‍यो र यस क्रममा फेरि एकपल्ट प्रमाणित भएको छ, अझै पनि एकदिवसीय क्रिकेटको भविष्य छ, यो मरेको छैन । अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आयोजित प्रतियोगितामा आयोजक भारत पूर्णतः छायो तर पनि उसले उपाधि भने जित्न सकेन । लिग चरणमा अपराजित रहने क्रममा भारतले सुदृढ खेल प्रदर्शन गरेको थियो । हैदराबादमा भएको फाइनलमा अस्ट्रेलिया भारतविरुद्ध जित निकाल्न सफल रह्यो । यो अस्ट्रेलियाले जितेको छैटौं एकदिवसीय विश्वकप रह्यो । प्रतियोगितामा सहभागी टिम भने १० मात्रै रहे, त्यसैले यसको आलोचना पनि उत्तिकै भयो ।

महिला विश्वकप फुटबल

यसअघि पुरुष विश्वकपकै मात्र चर्चा हुन्थ्यो, यसपल्ट महिला विश्वकपले पनि उत्तिकै चर्चा पायो । त्यो अर्थमा अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गरेको विश्वकपलाई सफल मान्नु पर्छ । एकपछि अर्को दर्शकको कीर्तिमान नै पनि बन्यो । सहभागी टिमको संख्या बढाएर ३२ टिममा पुर्‍याइएको थियो र यसका सकारात्मक प्रभाव रह्यो । उपाधि भने स्पेनको नाममा रह्यो । स्पेनले पहिलो पल्ट विश्वकप जितेको थियो, इंग्ल्यान्डलाई हराए । तर सबै उपलब्धी त्यति बेला ओझलमा पर्‍यो, जति बेला स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले जेनी हेरमोसालाई ओठमा चुम्बन गरेर विवाद निम्त्याए ।

मेसी अमेरिका, रोनाल्डो साउदीतिर

आधुनिक फुटबलका दुई ठूला नाम हुन्, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । यो वर्ष उनीहरूले आफ्नो व्यावसायिक फुटबलका लागि नयाँ गन्तव्य रोजे । मेसी अमेरिका गए, त्यहाँको इन्टर मियामीका लागि खेल्न । रोनाल्डो भने साउदी अरेबिया छिरे, त्यहाँको प्रो–लिगमा खेल्न । एउटा नयाँ सनसनीका रूपमा प्रो–लिग अगाडि आएको थियो र यसले युरोपका पारम्परिक लिगलाई धक्का दिन सक्ने स्थिति पनि देखियो । रोनाल्डो आफैंले अबका केही वर्षमा साउदी लिग विश्वकै उत्कृष्ट तीन–चार लिगभित्र पर्ने दाबी पनि गरे । मेसी आएपछि भने अमेरिकामा फुटबलको लोकप्रियता ह्वात्तै बढेको थियो र टाइम म्यागाजिनले उनलाई वर्षका खेलाडी पनि घोषित गर्‍यो ।

सिटीको तेहरो उपलब्धि

सन् २०२२–२३ को युरोपेली च्याम्पियन्स लिग उपाधि जित्न म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १–० ले हरायो । सिटीले युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको यो पहिलोपल्ट रह्यो । कुरा यत्तिकैमा सकिन्न । उसले इंग्लिस प्रिमियर लिग पनि जित्यो, अनि एफएकप पनि । यसरी एकै सिजन तीन ठूलो उपलब्धिको दुर्लभ कीर्तिमान बनाउन सफल रह्यो, सिटी । पेप ग्वार्डिओलाको सिटीले इंग्लिस फुटबलमा त एकछत्र राज नै गरेको थियो । सिटीले लगातार तेस्रो सिजन प्रिमियर लिग पनि जितेर आफू कति धेरै बलियो छ भनेर प्रमाणित पनि गरेको थियो । वर्षको अन्त्यमा सिटीले क्लब विश्वकपको उपाधि पनि हात पार्‍यो ।

गुमाएका केही ठूला नाम

सन् २०२३ मा विश्वले गुमाएको खेलकुदको सबैभन्दा ठूलो नाम फुटबलका बबी चार्ल्टन रहे । म्यानचेस्टर युनाइटेडका यी लेजेन्डले सन् १९६६ को विश्वकप पनि जितेका थिए, इंग्ल्यान्डका लागि । मैदानभित्र चमत्कारी खेल प्रदर्शन गर्ने चाल्टर्न मैदान बाहिर भने भलाद्मी थिए । भारतीय क्रिकेटका पूर्वकप्तान तथा स्पिनर विसनसिंह बेदी पनि रहेनन् । उनी प्रायः मनमा जे जस्तो छ, त्यही बोल्थे । त्यसैले विवादमा पनि परिरहन्थे, तर उनको भनाइ प्रायः सत्य नै हुन्थे । जिम्बावेको क्रिकेट आफ्नो सफलताको शिखरमा हुँदाका एक खेलाडी हिथ स्ट्रिक पनि मृत्यु आत्मसात् गर्न पुगे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...