मुख्य समाचार
सन् २०२३ मा संसारभर १२० पत्रकार मारिए
सन् २०२३ मा संसारभर १२० पत्रकार मारिए

— सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् ।

आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मुत्युको संख्या बढेको आइएफजेले जनाएको छ ।
पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो तर यस वर्षको घातक तथ्याङ्कहरूले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाको सवाललाई नराम्रो रूपमा चित्रण गरेको आइएफजेका महासचिव महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन् ।

यस वर्ष मारिएका पत्रकारहरुमा गाजा द्वन्द्वमा मारिने ६८ प्रतिशत छन् । गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार मारिए । सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् ।

एसिया प्यासिफिक क्षेत्रमा भारतमा ३, अफगानिस्तानमा २ , फिलिपिन्समा २, बंगलादेशमा २, पाकिस्तानमा २ र चीन १ पत्रकार मारिएका छन् ।


उत्तर र दक्षिण अमेरिकामा गरी तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरन र एक अमेरिकी पत्रकार मारिए । आइएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई तुरुन्तै अपनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...
: अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ। स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तिमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएको बताए। शेरिफले भने,‘त्यहाँ एक, दुई, तीन वा चार सुटर थिए भन्ने हामीलाई थाहा छैन।’ अधिकारीहरूले धेरै दिशाबाट गोली चलेको बताए। मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन भनिएको ...
: इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले गत सप्ताहन्तमा तीन इरानी क्षेत्रहरूमा अमेरिकी आक्रमणले गम्भीर तर पूर्णरूपमा क्षति भने नपुर्‍याएको बताए। इरानको परमाणु केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको खण्डन गर्दै ग्रोसीको यस्तो अभिव्यक्ति आएको हो। ...
: फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी निस्कने चिन्ताका कारण दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाएको छ। बेइजिङले जापानबाट सर्तसहित आयात पुनः सुरु गर्ने बताएको छ। तर यो टोकियो र फुकुशिमासहित जापानका ४७ प्रिफेक्चरमध्ये १० मा लागू हुने छैन। चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनको क्रममा ...