मुख्य समाचार
चीनमा कोरोनाको नयाँ भेरियन्टको कहर, भारतमा एकैदिन ६२८ जनामा संक्रमण, एकको मृत्यु
चीनमा कोरोनाको नयाँ भेरियन्टको कहर, भारतमा एकैदिन ६२८ जनामा संक्रमण, एकको मृत्यु

: कोभिडको नयाँ सब -भेरियन्ट JN.1 पछिल्लो एक महिनायता विश्वभर तीव्ररुपमा फैलिरहेको छ। नयाँ भेरियन्ट बेलायत, चीनलगायत धेरै देशहरूमा फैलिरहेको छ। भारतमा पनि कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेका छन्।

बेलायती पत्रिका डेली स्टारले आफ्नो एक रिपोर्टमा कोभिडको नयाँ भेरियन्टबाट चीनमा ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको जनाएको छ। मृतकको संख्या यति धेरै बढिरहेको छ कि त्यहाँको शवदाह गृह २४ घण्टा सञ्चालनमा छ।


विश्व स्वास्थ्य संगठनले कोभिडको JN.1 भेरियन्टलाई 'भेरियन्ट अफ इन इन्टरेस्ट' को श्रेणीमा राखेको छ। यो भेरियन्ट कम खतरा रहेको बताइएको छ।तर यो भेरियन्ट विश्वभर द्रुत गतिमा फैलिरहेको छ। चीनमा हाल १ लाख १८ हजार ९७७ कोरोना भाइरसका पोजिटिभ केस रहेको बताइएको छ । जसमध्ये ७ हजार ५५७ केस गम्भीर अवस्थाका छन्।

तर, चीनले भने कोभिडबाट मृत्यु भएकाको यकिन संख्या भने खुलाएको छैन।

चीनमा कोभिड संक्रमणबाट मर्नेको संख्या बढेपछि भारतमा चिन्ता बढेको छ। भारतमा JN.1 फैलिएसँगै कोभिडको एक्टिभ केस ४ हजार ५४ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार पछिल्लो २४ घण्टामा ६२८ जनामा संक्रमण देखिएकोमा एकजनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा केरलाका नागरिक रहेको बताइएको छ।

भारतमा कोभिडबाट मृत्यु भएपनि अधिकांश बिरामीलाई अस्पताल भर्नाको जरूरी नरहेको नेशनल इण्डिया मेडिकल एसोसिएसनका कोभिड टास्कफोर्सका सह अध्यक्ष राजीव जयदेवनले मिडियालाई बताएका छन्।

डब्लुएचओले जाडो बढिरहेको देशले सतर्कता अपनाउनुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए