मुख्य समाचार
विश्वभर पछिल्लो एक महिनामा कोरोनाका सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशत बढ्यो
विश्वभर पछिल्लो एक महिनामा कोरोनाका सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशत बढ्यो

पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।'

डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड–१९ का नयाँ संक्रमित एक लाख १८ हजार भन्दा बढी अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।

डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए