मुख्य समाचार
अर्थतन्त्रमा अब निर्णायक सुधार आउँछ : अर्थमन्त्री महत
अर्थतन्त्रमा अब निर्णायक सुधार आउँछ : अर्थमन्त्री महत

— नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउने बताएका छन् । बिहीबार पार्टीको मधेश प्रदेश सम्मेलनमा मन्त्री महतले सरकारले अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न प्रयासहरु गरिरहेको बताए ।

'अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजारमाथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ,' उनले भने, 'ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ ।'


मन्त्री महतले एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाङ लागेको र त्यो समस्याको चाङ एक झड्कामा पूर्ति नहुने दाबीसमेत गरे । उनले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले इमान्दारिताका साथ काम गरिरहेको बताए ।

उनले कांग्रेस सरकारमा हुँदा मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने आश्वासन दिए । 'जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ,' उनले भने, 'मधेशका आठवटै जिल्लामा सिंचाईको प्रबन्ध गर्ने कुरामा म पार्टीका तर्फबाट प्रतिबद्धता जनाउँछु ।'

उनले मधेश कांग्रेसको जनाधार क्षेत्र भएको उल्लेख गरे । ‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरि कांग्रेसले बहुमत ल्याउँछ’ उनले भने, ‘त्यसका लागि कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...