मुख्य समाचार
नक्कली फेसबुक आइडी बनाएर 'ब्ल्याकमेलिङ' गरेको आरोपमा तीन जना पक्राउ
नक्कली फेसबुक आइडी बनाएर 'ब्ल्याकमेलिङ' गरेको आरोपमा तीन जना पक्राउ

— सामाजिक सञ्जाल फेसबुकमा महिलाको नाम राखेर फेक अकाउन्ट बनाएर 'ब्ल्याकमेलिङ' गरी पैसा असुलेको आरोपमा चितवन प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१३ का २० वर्षीय प्रवेश रिमाल, कास्की पोखरा महानगरपालिका-२९ बस्ने २२ वर्षको अनुराग घिमिरे र सिराहा लाहान नगरपालिका-१ का १९ वर्षीय युनिक सिंह रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई बुधबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका-१६ बाट नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट चारवटा मोबाइल फोन सेट र ७६ हजार रूपैयाँ नगद पनि बरामद गरेको डीएसपी पण्डितले बताए ।

महिलाको नाममा उनीहरूले फेक अकाउन्ट बनाएर पुरूषहरूलाई साथी बनाउने र भिडियो च्याटमा कुराकानीसँगै अश्लिल भिडियो तथा फोटो बनाएर ब्ल्याकमेलिङ गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान सरू गरेको डीएसपी पण्डितले बताए । उनीहरूले भिडियो कल गरेर भिडियो र फोटो देखाएर पैसा माग्ने र नदिए सार्वजनिक गर्ने धम्की दिने गरेको भन्ने उजुरी परेको छ । उनीहरूले कास्कीमा पनि त्यसो गरेर पैसा असुलेको देखिने डीएसपी पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म ...
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...