मुख्य समाचार
देशको अर्थतन्त्रमा क्रमश: सुधारका संकेत देखा पर्दैछन् : अर्थमन्त्री महत
देशको अर्थतन्त्रमा क्रमश: सुधारका संकेत देखा पर्दैछन् : अर्थमन्त्री महत

— अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुध्रिँदै गएको दाबी गरेका छन् । मंगलबार हेटौंडामा कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखा पर्न थालेको दाबी गरेका हुन् ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समयमा हचुवाको भरमा जथाभाबी गरिएको लगानी, खुकुलो मौद्रिक नीति र अनुत्पादक क्षेत्रमा लिइएको विदेशी ऋणका कारण बिग्रिएको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको दाबी गरेका हुन् ।


‘अहिले घुम्नका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको छ । रेमिट्यान्स ३० प्रतिशतभन्दा बढी आइरहेको छ,’ उनले भने । शेयर कारोबार र आन्तरिक राजस्व संकलन दैनिक बढिरहेको पनि उनको भनाइ छ । अर्थमन्त्री महतले अब क्रमशः भारतमा बेच्ने विद्युत्को दर पनि बढिरहेको दाबी गरे । ‘अब हामी सरकारी खर्चलाई व्यवस्थित गर्छौ । अनावश्यक क्षेत्रमा भएका खर्च कटौती गर्दै लैजान्छौं,’ उनले थपे ।

उनले मिश्रित निर्वाचन प्रणालीका कारण एकल सरकार निर्माण हुने वातावरण नरहेको दाबी गरे । ‘गठबन्धन बाध्यता हो । निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत आउने सम्भावना छैन । त्यसकारण निर्वाचनबाटै गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना भएको हो,’ उनले भने । कांग्रेसले वडादेखि नै संगठनलाई बलियो बनाउँदै लैजान जरुरी रहेको पनि उनले बताए ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार सम्मेलनले पार्टीको आगामी कार्यदिशा तय गर्नेछ । भेलामा करिब दुई हजार कांग्रेसका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...