मुख्य समाचार
नेपालको सहभागितासँगै साउदीमा रियाद सिजन सकियो
नेपालको सहभागितासँगै साउदीमा रियाद सिजन सकियो

: नेपालको सहभागितासँगै साउदी रियाद सिजन सकिएको छ। रियाद सहरस्थित अल सुवेदी पार्कमा अक्टोबर २८ बाट सुरु भएको हो। सिजनमा नेपाल पहिलो पटक सहभागी भएको हो। नेपालले नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य प्रस्तुत गरेको थियो।


नेपाली गायिका तिर्सना गुरुङसहित द कोल्याब ब्याण्डको समेत सहभागिता रहेको उक्त कार्यक्रममा साउदीमा कार्यरत स्थानीय नेपाली कलाकारहरू, नेपाली नृत्य समूह , तामाङ घेदुङ साउदी किराँत राई यायोक्खा साउदी, सिर्जना संस्कृति समूह, मगर संघ साउदी लगायत जिल्लावासी अन्य नेपालीले नेपाली ढाका टोपीमा धर्म संस्कृतिको पहिचान र नेपाली परिकारको स्वादसहित ब्याण्ड बाजामा झाकीको प्रदर्शन गरेका थिए।


साउदी सरकार द्वारा परिचालित जिईए (क्रस कल्चर)ले गरेको कार्यक्रममा नेपाले ३ दिनको समय पाएको थियो। कार्यक्रममा एक हजारभन्दा बढी नेपाली सहभागी भएका थिए।

कार्यक्रममा गायिका तिर्सना गुरुङले गुराँसै फुल्यो, रेलैमा, के गर्यो तिम्रो मायाले, खनि हो यामु हे कान्छा, साँझको बेला, गाइने दाजैले सारंगी रेट्दैमा लगायतका चर्चित गीतहरूको प्रस्तुति दिएकी थिइन्।

कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारी, राजदूत नवराज सुवेदी, वाणिज्य दूत शत्रुधन सिंह पोखरेल, दूतावास परिवार लगायतको उपस्थित थियो।

यस सिजनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र सुडानको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...