मुख्य समाचार
पैसा बढी भएपछि बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
पैसा बढी भएपछि बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

— वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट थप २० अर्ब रुपैयाँ झिक्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न थालेको हो ।

उक्त बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाले आज (बिहीबार, मंसिर २८) दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । आज नै राष्ट्र बैंकले निक्षेप संकलन बिक्री गर्नेछ ।


अपेक्षित रूपमा कर्जा प्रवाह नबढेको र निक्षेप थपिने क्रम नरोकिएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा हालसम्म निक्षेप संकलन बोलकबोलमार्फत बजारबाट तानेकोमध्ये करिब ७० अर्ब रुपैयाँ अहिलेपनि लगानीमा (आउटस्ट्यान्डिङ) रहेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स निरन्तर रूपमा बढेको, आयात बढ्न नसकेको, अपेक्षित रूपमा कर्जा माग नबढेकोलगायत कारण वित्तीय प्रणालीमा तरलता थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ मार्फत बजारबाट पैसा तान्न थालेको हो ।

बजारमा पैसा थपिने क्रम नरोकिादा अन्तरबैंक दर २ प्रतिशतभन्दा तल झर्न थालेपछि ब्याजदरमा स्थायित्व कायम गर्न बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...