मुख्य समाचार
युक्रेनी सेनाको नियन्त्रणमा रहेका सिद्धार्थ भन्छन्- 'मनी इज नट एभ्रिथिङ, कोही रसिया नआउनुस्'
युक्रेनी सेनाको नियन्त्रणमा रहेका सिद्धार्थ भन्छन्- 'मनी इज नट एभ्रिथिङ, कोही रसिया नआउनुस्'

— रुसको आर्मीको तर्फबाट युक्रेनसँगको युद्धमा सहभागी भएका केही नेपालीको मृत्यु भएको छ । केही अहिले पनि युद्ध लडिरहेका छन् । युद्धमा सामेल भएका मध्ये एकजना सिद्धार्थ ढकाल अहिले युक्रेनको नियन्त्रणमा छन् ।

दुई महिना अघि मात्र रसिया पुगेका उनले युक्रेनले कब्जामा राखेको स्थानबाट एउटा भिडियो सन्देश पठाएका छन् । उक्त सन्देशमा उनले कसैलाई पनि रुस नजान अपिल गरेका छन् । रुसी सेनाले मानिसलाई जंगली जनावरको जस्तो व्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । रुस जाने तयारीमा रहेकाहरु सबैलाई नेपालमै बस्न र रुसमा पुगिसकेकाहरुलाई रुसी सेनासँग कुनै सम्झौतामा हस्ताक्षर नगर्न भनेका छन् ।

उनले भिडियो सन्देशमा भनेको कुरा जस्ताको तस्तै :

नमस्ते म ढकाल सिद्धार्थ । सबैलाई नमस्कार छ । म रसिया आएको लगभग दुई महिना पुरा भयो । म यहाँ आएर धेरै दु:ख पाएँ । मैले पैसाको लागि रसियन मिलिटरीमा जोइन गरे । तर त्यहाँ नेपालीहरुलाई अति नै गार्‍हो छ। पहिले सुरुमा भाषाको समस्या छ । कमाण्डरहरुले पनि राम्रो व्यवहार गर्दैन । सुरु सुरुमा नेपाली हो राम्रो गर्न खोज्छ । तर अन्तिममा तिनीहरुले हाम्रो लागि राम्रो गर्दैन । पछि धेरै हेप्न थाल्छ । तिनीहरुले हामीलाई क्याप्चर गरेर राख्छ ।


रसियन आर्मीहरु राम्रो छैनन् । तिनीहरुले धेरै स्वतन्त्रा दिँदैनन् । सबैजना जो जसले कन्ट्राक्याट साइन गर्नु भएको छैन, सबै जनाले साइन नगर्नेु होला । जो जसले नेपालबाट रसिया आउने तरखरमा हुनुहुन्छ, त्यो मान्छेहरु कोही पनि रसियामा नआउनुहोस् । किनभने यहाँ धेरै गार्‍हो छ । जिन्दगीको सवाल छ ।

यहाँ मनिसको कुनै सवाल छैन । हामीलाई जंगली जनावरको रुपमा हेर्छन् । त्यहाँ गार्‍हो छ । बाँच्नका लागि । कोही साथी मरिसके । मसँग आएका साथीहरु पनि कोही मरिसके । कुनै एक्स आर्मी साथीहरु पनि थिए तिनीहरुपनि गइसके । म पनि यता छु । जहाँसम्म म त सकुशल नै हुनसक्छु तर के हुन्छ पछिको कुरा मलाई थाहा छैन ।

सकेसम्म नआउनुहोस्-'मनी इज नट एभ्रिथिङ' । पछि आफूले कमाउन सकिन्छ ।जे गरेर भए पनि । बरु ढुंगा बोकेर भएपनि कमाउन सकिन्छ । रसियामा नआउनुहोस् । मेरो भनाई मान्नुहोस् । मलाई यहाँ गार्‍हो चाहिँ छैन। म आफ्नो भोगाइ भोग्नका लागि सक्षम छु । म आफू धेरै दु :ख भोगेको मान्छे हो फेरि पनि भोग्न सक्छु । तर मैले भोगेजस्तो दु: ख तपाईंहरुले पनि भोग्न नपरोस् भन्न चाहन्छु ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...