मुख्य समाचार
एप्पलका चिफ डिजाइनरले दिए राजीनामा
एप्पलका चिफ डिजाइनरले दिए राजीनामा

। आइफोन १६ सिरिज लञ्च हुनुभन्दा पहिले एप्पल कम्पनीमा महत्वपूर्ण परिवर्तन हुने भएको छ । एप्पल कम्पनीका प्रडक्ट डिजाइन प्रमुख ट्यांग टेनले राजीनामाको घोषणा गरेका छन् । योसँगै अब उनले एप्पलको आगामी प्रोजेक्टमा काम गर्ने छैनन् । उनले आउँदो फेब्रुअरीमा एप्पल छाड्नेछन् ।

मिडिया रिपोर्ट अनुसार कम्पनीका महत्वपूर्ण सदस्य टेन आफैंले कम्पनी छाड्ने निर्णय गरेका हुन् । एप्पलका प्रडक्टको डिजाइनमा टेनको ठूलो योगदान रहँदै आएको छ । उनले एप्पल वाच तथा एयरपड्स जस्ता एप्पलका विभिन्न लोकप्रिय प्रडक्टहरु डिजाइन गरेका थिए । त्यसैले उनको राजीनामा एप्पल कम्पनीका लागि ठूलो झट्का सावित हुने देखिन्छ ।

टेनको टिम एप्पलका डिभाइसहरुको लुक तथा इन्जिनियरिङका लागि जिम्मेवार हुन्छ । टेनले एयरपड्स तथा एप्पल वाचको लोकप्रियतामा पनि अहम् भूमिका निर्वाह गरेका थिए ।

सन् २०२४ को फेब्रुअरीमा टेनले छाडेसँगै कम्पनीको प्रडक्ट लाइनमा असर पर्ने पक्कापक्की रहेको विश्लेषकहरु बताउँछन् । टेन एप्पलका वरिष्ठ उपाध्यक्ष जोन टर्नसको प्रत्यक्ष मातहतमा थिए । टर्नससँग हार्डवेयर इन्जिनियरिङको महत्वपूर्ण प्रोजेक्ट थियो ।

टेनको बहिर्गमनसँगै एप्पलमा फेरबदलको क्रम सुरु हुने बताइएको छ । अब उनको ठाउँमा रिचर्ड डिन प्रमुख प्रडक्ट डिजाइनरको पदमा बढुवा हुनेछन् । डिनलेहाल आइफोन प्रडक्ट डिजाइनको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यस्तै म्याक हार्डवेयर इन्जिनियरिंग टिमको नेतृत्व गरिरहेका केट बरगेरोलाई एप्पल वाचको डिजाइन प्रमुखको जिम्मेवारी दिइने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म ...
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...