मुख्य समाचार
बीटीएसका चार सदस्य सैनिक सेवामा प्रवेश, के-पपका ठूला स्टारको भविष्य के होला ?
बीटीएसका चार सदस्य सैनिक सेवामा प्रवेश, के-पपका ठूला स्टारको भविष्य के होला ?

। कल्पना गर्नूस, सेनामा भर्ती हुन प्रसिद्धीको उचाइमा पुगेको बिटल्स ब्याण्डले विघटन गर्ने निर्णय लियो भने के होला ? विश्वको सबैभन्दा ठूलो पप ब्याण्ड बीटीएसका सदस्यहरु अहिले यही गरिरहेका छन् ।

मंगलबार लिड भोकलिस्ट जङ कुक अन्यका अन्य सबै सदस्यसहित सैनिक सेवामा जोडिएका छन् । किनभने दक्षिण कोरियामा १८ देखि २८ वर्ष उमेरका युवाले अनिवार्य सैनिक सेवा गर्नुपर्ने बाध्यकारी नियम छ । बीटीएस पनि त्यसको अपवाद रहेन ।

ठीक चार साताअघि न्यूयोर्कमा उनी आफ्नो एकल प्रस्तुतिको उपलब्धि बाँड्दै थिए ।

उनले त्यहाँ जिमी फलोनको टुनाइट शोमा माइकल ज्याक्सनको गीतमा नाचेर रमाइलो गरे । भोलिपल्ट टाइम्स स्क्वायरमा अन्तिम कन्सर्ट गरे जुन कन्सर्टको दृश्य टिकटकमा भाइरल बन्यो ।



विगत केही सातामा उनले जस्टिन टिम्बरलेक र अशरसँगको सहकार्य जारी गरेका छन् । उनको पहिलो एल्बम ‘गोल्डेन’ चार्टबस्टरको शीर्षस्थानमा अझै छ । उनको हिट सिंगल ‘स्ट्यान्डिङ नेक्स्ट टु यु’ टिकटकमा भाइरल छ । यो गीतमा प्रशस्तै भिडियो बनेका छन् ।

जब उनी स्टारडमको उकालो चढ्दै थिए । ठीक यहीबेला सबथोक छाडेर उनी सियोल फर्किए ।

केही दिनपछि जङ कुकसहित बीटीएसका अन्य सदस्यले लाइभस्ट्रिम पिज्जा भोज आयोजना गरे । सो लाइभबाट उनीहरुले फ्यानहरुलाई अब सैनिक सेवामा लाग्नुपर्ने समय आएको बताए ।

दक्षिण कोरिया अझै पनि प्राविधिकरुपमा शत्रु छिमेकी उत्तर कोरियासँग युद्धमा छ । यो माहोलमा धेरैजसो पुरुषले सेनामा १८ महिनाको सैनिक कार्यकाल पुरा गर्न आवश्यक छ ।

तर, त्यहाँ दक्षिण कोरियाको सांस्कृतिक दूतको रुपमा काम गरेको बीटीएसले सैनिक सेवामा काम गर्नुपर्छ कि पर्दैन भन्नेबारे लामो समयदेखि वहस चलेको थियो ।

त्यहाँको संसदले ओलम्पिक पदक विजेता र शास्त्रीय संगीतकारलाई सन् २०२० मा छूट दिएको थियो । साथै, बीटीएसलाई सैनिक सेवामा ढिलाइ गर्न अनुमति दिने विधेयक पारित समेत गरेको थियो ।

कोरियालका केही मन्त्र र ब्यान्डका प्रशंसक चाहिँ मुलुकका सबैभन्दा ठूला पप स्टारले पहिले नै अर्बौंं डलर कमाएर आफ्नो देशको सेवा गरिसकेका छन् र उनीहरूलाई उनीहरूको सुपरस्टार क्षमतामा जारी राख्न अनुमति दिनुपर्छ भन्ने तर्क गर्छन् ।

गत अक्टोबरमा, हाइव भनिने एजेन्सीको स्वामित्वमा रहेको एजेन्सी बिगहिट म्युजिकले ब्याण्डका सबै सात सदस्यले दायित्व पुरा गर्ने बतायो । सुरुआत ब्याण्डका ज्येष्ट सदस्य जिनबाट भयो । उनले सन् २०२२ को डिसेम्बरबाट सैनिक सेवा थाले ।

‘पश्चिमी देशका लागि यो निकै क्रुर प्रवृत्तिको देखिन्छ किनभने जब मानिस आफ्नो सफलताको उचाइमा रोकिनुपर्छ र जबर्जस्ती विश्राम लिनुपर्छ’ येल विश्वविद्यालयका प्राध्यापक के–पप अकादमिक ग्रेस काओ भन्छिन्, ‘ तर यो वास्तविकता हो कि दक्षिण कोरियामा धेरैलाई बानी परेको छ । बीटीएसले आफ्ना अघिल्ला स्टारलाई पछ्याएको मात्र हो ।’

ब्याण्डका चार बाँकी सदस्यहरु आरएम, भी, जिमिन र जङकुक पनि सोमबार र मंगलबार क्याम्पमा जाँदै गरेको देखाइएको थियो । फ्यानले सामाजिक संजालबाट आफ्ना प्रिय स्टारले विश्राम लिएपछि दुःख व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...