मुख्य समाचार
सामूहिक भोजमा भएको ‘फूड पोइजन’ ले लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना
सामूहिक भोजमा भएको ‘फूड पोइजन’ ले लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना

: लमजुङको सुन्दरबजार नगरपालिका- ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ। फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका - ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।


सामूहिक भोजमा सहभागी भएकामध्ये १८ जना बिरामी परेका छन्। उनीहरू उपचारका लागि सुन्दरबजारस्थित एचडिसिएस नमूना सामूदायिक अस्पताल भर्ना भएका छन्।


सुन्दरबजार नगरपालिकाको वडा नं. ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोजको आयोजना गरिएको थियो। भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडिसिएस नमूना सामूदायिक अस्पतालले जनाएको छ।

शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नं. ८ र ९ का व्यक्तिहरु शनिबारदेखि बिरामी पर्न थालेका थिए। घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरु शनिबार बेलुका अस्पताल पुगेका थिए। भोजमा सहभागी व्यक्तिहरु आइतबार बिहानसम्म अस्पताल आइरहेका छन्।

अस्पताल आएका बिरामीहरुमा ज्वरो र झाडापखालाको समस्या देखिएको छ। भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए