मुख्य समाचार
इटाली चिनियाँ बीआरआई परियोजनामा सहभागी नहुने
इटाली चिनियाँ बीआरआई परियोजनामा सहभागी नहुने

— इटाली चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी नहुने भएको छ । प्रधानमन्त्री जोर्जा मलोनी प्रशासनले चीनलाई बीआरआई परियोजनामा सहभागी नहुने जानकारी गराएको हो । बीआरआई परियोजनामा सहभागी हुने समयसीमा समाप्त हुनुअघि नै इटालीले हात झिकेको हो ।

व्यापार र भौतिक पूर्वाधारमा केन्द्रित भएर इटालीले बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । इटाली परियोजनामा सहभागी हुने एक मात्र जी-७ देश हो । इटालीले सन् २०१९ मा बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । सम्झौताको अमेरिकालगायतका मुलुकले त्यतिबेला नै आलोचना गरेका थिए ।


सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको बीआरआई परियोजनाअन्तर्गत एसिया र युरोपमा गरी १ ट्रिलियन अमेरिकी डलर लगानी हुने जनाइएको थियझ । परियोजनाअन्तर्गत चीन र युरोपलाई जोड्न विद्यमान रेलमार्ग सुधार तथा नयाँ योजना सुरु गर्ने पनि बताइएको थियो ।

सन् २०१९ मा राष्ट्रपति सीले इटालीमा २० बिलियन युरो लगानी गर्ने बताए पनि त्यसको सानो हिस्सा मात्र लगानी भएको बीबीसीले जनाएको छ । त्यस्तै सन् २०१९ मा १३ बिलियनबराबरको विभिन्न सामान चीन निर्यात गरेको इटालीले गत वर्ष केही बढी १६.४ बिलियन युरोबराबरको निर्यात गरेको छ । अर्कोतर्फ आयात भने बढिरहेको छ । सोही अवधिमा चीनबाट आयात भने ३१.७ बिलियन युरोबाट ५७.५ बिलियन युरो पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...